काबुलबाट ४२ नेपालीको उद्धार भएन

काबुलबाट ४२ नेपालीको उद्धार भएन


अफगानिस्तानमा फसेका ४२ जना नेपालीको अझैसम्म पनि उद्धार हुन सकेको छैन । उनीहरूलाई बिहीबार नै काबुलबाट उद्धार गरिएको थियो । 

परराष्ट्र मन्त्रालयले शुक्रबार पनि विज्ञप्ति जारी गर्दै अफगानिस्तानबाट नेपालीहरूलाई उद्धार गरी स्वदेश ल्याउने क्रम जारी नै रहेको जनाएको छ ।

काबुलमा फसेका ४२ जना सबै एकै ठाउँमा रहेको परराष्ट्रले जनाएको छ । काबुल विमानस्थलमा बिहीबार ठूलो विस्फोट भएको थियो,  जसमा मारिनेको संख्या सय नाघिसकेको छ । तर, सबै नेपाली सुरक्षित रहेको परराष्ट्रले विज्ञप्तिमा उल्लेख गरेको छ । 

उनीहरूसँग नियमित सञ्चार सम्पर्कमा रहेको तथा उनीहरूलाई उद्धार गरी स्वदेश फर्काउन विभिन्न देशका नियोगहरूसँग समन्वय गरिरहेको पनि मन्त्रालयले जनाएको छ ।  

नेपालले काबुल विमानस्थलमा आफ्नो विमान अवतरण गर्न अनुमति नपाएको भन्दै नेपालीको उद्धारका लागि अन्य देशसँग सहयोग लिइरहनु परेकाे छ । 

Logo