एनआरएनएमा बद्री केसी समूहको उम्मेदवारी घोषणा

एनआरएनएमा बद्री केसी समूहको उम्मेदवारी घोषणा


गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष बद्री केसीको समूहले मंगलबार उम्मेदवारी घोषणा गरेको छ । केसीको टिमले संघको १०औँ विश्व सम्मेलनका लागि उम्मेदवारी घोषणा गरेको हो ।

केसीले उम्मेदवारी घोषणा गर्दै विभिन्न प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् । उनले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सरकार तथा कूटनीतिक नियोगलगायतसँग सहकार्य गर्ने बताएका छन् ।

त्यस्तै, वैदेशिक रोजगारीमा जाने नेपालीको न्यूनतम तलब अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्धारण गरिने, श्रम स्वीकृति नवीकरण, बीमा नवीकरण तथा श्रमसम्बन्धी अन्य समस्याका लागि नेपाल धाउनुपर्ने बाध्यकारी व्यवस्थालाई अन्त्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

‘समृद्धि र रूपान्तरण, हाम्रो साझा अभियान’ भन्ने नारा दिएका केसीले उपाध्यक्षमा हेमराज शर्मा (यूके), डीबी क्षेत्री (ओमान), धर्मराज अधिकारी (अस्ट्रेलिया), यासमिन बेगम शैयद (साउदी अरेबिया)लाई उम्मेदवार बनाएका छन् ।

त्यस्तै, महासचिवमा गौरीराज जोशी (अमेरिका), सचिवमा रामशरण सिंखडा (यूके), ओम गुरुङ (जापान), चिरञ्जीवी घिमिरे (क्यानडा) र महिला सहकोषाध्यक्षमा यमुना भट्टराई (अमेरिका)ले उम्मेदवारी घोषणा गरेका छन् ।

गैरआवासीय नेपाली संघको अध्यक्षमा कुल आचार्य र रविना थापाले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।

Logo