१९ मंसिर २०७८ आइतबार

अफगानिस्तानबाट ३२ जना नेपाली नागरिकको उद्धार

सरकारले अफगानिस्तानमा बाँकि रहेका ३२ जना नेपाली नागरिकलाई पनि उद्धार गरी स्वदेश फिर्ता ल्याएको छ ।

शनिबार बिहान अफगानिस्तानमा बाँकि रहेका ३२ जना नेपाली नागरिकहरुलाई पनि उद्धार गरी स्वदेश फिर्ता गरिएको परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले जानकारी गराएका हुन् । योसँगै  अफगानिस्तानमा अव उद्धारका लागि कुनै पनि नेपाली नागरिकहरु नरहेको परराष्ट्र मन्त्रालयको दावी छ । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव घिमिरेले उद्धारको पर्खाईमा अफगानिस्तानमा रहेका नेपाली नागरिकहरु अव नरहेको बताए । उनले भने, ‘आज ३२ जना नेपाली आउनु भएको छ । यस पछि अव चाँही उद्धारको पर्खाईमा रहेका नेपालीहरुको संख्या समाप्त भएको छ । त्यहाँ कोही नेपाली रहेको भए त्यो यूएन सिस्टमा रहनु भएको छ । आज नेपाल एयरलाईन्स दुवई दुवई फ्लाईटबाट २९ जना नेपालीहरु आएको र यस अघि आजै बिहान अन्य ३ जना गरी ३२ जना नेपालीहरुको उद्धार गरी स्वदेश फिर्ता गरिएको हो ।’

परराष्ट्र मन्त्रालयका अनुसार तालिवानी लडाकूले अफगानिस्तानमा कब्जा गरेपछि त्यहाँ उद्धारको पर्खाईमा रहेका ९ सय ६ जना नेपाली नागरिकको यस अघि नै उद्धार गरिएको थियो ।

प्रवास

प्रकाशित: १३ कात्तिक २०७८ १८:०५ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी