अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रुपमा मनाइने

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रुपमा मनाइने


यस वर्षको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसा सप्ताहव्यापी रुपमा मनाइने भएको छ । हरेक वर्ष डिसेम्बर १८ को दिन मनाउँदै आइएको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस यस वर्ष पनि विभिन्न कार्यक्रमहरु गरी सप्ताहव्यापी रुपमा मनाउन लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तथा अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०२१ मूल समारोह समितिका अध्यक्ष एक नारायण अर्यालले जानकारी दिएका छन् । 

यस वर्षको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको मुल नारा 'Harnessing the potential of human mobility′ तय गरी अन्तर्राष्ट्रिय स्तरमा मनाइँदै छ भने राष्ट्रिय रुपमा ‘सचेत, सीपमूलक र सुरक्षित रोजगार: मर्यादित श्रम आप्रवासनको मूल आधार’ तय गरी मनाइने भएको छ । दिवस डिसेम्बर १८ को दिन रहेको भएपनि डिसेम्बर १६ देखि डिसेम्बर २२ सम्म तिनै तहको सरकार, आप्रवासको क्षेत्रमा काम गर्ने सबै संघ, संस्थाहरु समेतको सहभागितामा सप्ताहव्यापी रुपमा मनाउन लागिएको मुल समारोह समितिका अध्यक्ष एक नारायण आर्यालले बताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव समेत रहेका अध्यक्ष अर्यालले विश्वका ११० मुलुकमा वैधानिक रुपमा नेपालीहरु पुगेका र विभिन्न माध्यमले पुगेकागरी १७२ मुलुकमा नेपालीहरु रहेको उल्लेख गरे । आप्रवासनमा रहेका नेपालीहरुले भोगेको समस्याको सम्बन्धमा सरकारले सहजीकरण गरिरहेको जनाउँदै सरकारले नयाँ नयाँ गन्तव्य र वैदेशिक रोजगारको अवसर खोजिरहेको उनको भनाई छ ।
 

Logo