1
1
1
1
1

भूतपूर्व गोर्खाको समस्याबारे बेलायतका मन्त्री र नेपाली राजदूतबीच छलफल

1
1
1
1
1
1

भूतपूर्व गोर्खाको समस्या समाधानको विषयमा बेलायतका मन्त्री र नेपाली राजदूतबीच छलफल भएको छ । 

गोर्खा वार्ताका लागि नेपाल सरकारको तर्फबाट संयोजक रहेका बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र बेलायती सरकारका तर्फबाट वार्ता टोलीको संयोजक मन्त्री लिओ डोकर्टीबीच लण्डनस्थित नेपाली दूतावासमा छलफल भएको हो ।

छलफलमा गोर्खाको मुद्दा अघि बढाउन दुवै पक्षले गर्नुपर्ने  गृहकार्य र अन्य पक्षसँग वार्ताको मिति तोक्नेलगायत विषयमा भेटघाट केन्द्रित रहेको जनाइएको छ । आचार्यले छिटै वार्ताको वातावरण बनाउन बेलायती सरकारसँग आग्रह भएको र बेलायत सरकारले केही समयमा वार्ताको मिति दूतावासलाई जानकारी गराउने गरी छलफल भएको दूतावासले जनाएको छ । 

प्रवास

प्रकाशित: ८ असार २०७९ ०८:२२ बुधबार

1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी