२४ साउन २०७९ मंगलबार
1
1
1
1

कतारका लागि नेपाली राजदूत ढकालले बुझाए ओहोदाको प्रमाणपत्र

1
1
1
1
1

कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले यहाँको परराष्ट्र राज्यमन्त्रीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

परराष्ट्र राज्यमन्त्री सुल्तान बिन साद अल मुरैखी समक्ष यहाँको परराष्ट्र मन्त्रालयमा मंगलबार आयोजित एक विशेष समारोहमा राजदूत ढकालले ओहोदाको प्रमाणपत्र पेश गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ।

तत्पश्चात उनीहरुबीच शिष्टाचार भेटवार्ता समेत भएको छ। भेटमा परराष्ट्र राज्यमन्त्री मुरैखीले नवनियुक्त राजदूत ढकाललाई कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

राज्यमन्त्री मुरैखीले कतार र नेपालबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन विभिन्न क्षेत्रमा सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए ।

राजदूत डा. ढकालले गत जुलाई ७ तारिख बुधबारबाट नेपाली दूतावास दोहामा कार्यभार सम्हालेका थिए । यसअघि केपी ओली सरकारले कतारका लागि नियुक्त गरेका राजदूत नारदनाथ भारद्वाज वाग्लेलाई कार्यकाल पूरा नहुँदै फिर्ता बोलाएर देउवा सरकारले ढकाललाई जिम्मेवारी दिएको हो।

प्रवास

प्रकाशित: ४ साउन २०७९ ०८:४७ बुधबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी