जापानका नेपालीलाई दाहालले भने–‘अहिले नै नेपाल फर्कनुस भन्ने अवस्था अझै रहेन’

जापानका नेपालीलाई दाहालले भने–‘अहिले नै नेपाल फर्कनुस भन्ने अवस्था अझै रहेन’


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कृषि क्षेत्रले नै नेपाललाई समृद्ध र आत्मनिर्भर बनाउने बताएका छन् । विद्युत र पर्यटनसँगै कृषि आर्थिक विकासको प्रमुख आधार भएको उनको भनाइ थियो ।
जापान भ्रमणमा रहेका दाहालले नेपाली समुदायसँग अन्तरक्रियाको क्रममा यस्तो बताएका हुन् । यस क्रममा उनले अहिलेको सरकारले पनि कृषि क्षेत्रलाई प्राथमिकता दिएको बताएका थिए । यस्तै नेपाल पर्यटनको केन्द्र हुनसक्ने बताए ।  तर देशको विकासमा विदेशमा रहेका नेपालीको महत्त्वपूर्ण भूमिका हुने संकेत गर्दै उनले उनीहरूलाई नेपालमा फिर्ता बोलाउने अवस्था अहिले नै अझै नरहेको बताए ।

जापानमा रहेका नेपालीहरूलाई अहिले नै स्वदेश फर्किएर आउनु भन्ने अवस्था नरहेको भन्दै दाहालले केही समयपछि उनीहरूलाई स्वदेश फर्काउने योजना रहेको बताए । यसका लागि आफूहरूले नेपालमा राजनीतिक स्थायित्व र स्थिरताको वातावरण बनाउँदै गरेको दाहालले बताएका थिए । दाहालले बलियो राजनीतिक केन्द्र बनाएपछि आधिकारिक रुपमा विदेशमा रहेका नेपालीलाई फिर्ता बोलाउने दिनको ब्यग्र प्रतिक्षामा रहेको पनि बताएका थिए ।

‘अझै मैले तपाइँहरूलाई ल आउनुहोस् नेपाल भन्ने अवस्था भएको छैन । तपाइँहरूलाई प्रष्ट रुपमा भन्नुपर्दा, राजनीतिक स्थायित्व र सुशासनको मोडालिटीलाई प्रोमोट गर्ने वातावरण बनाइसकेपछि र बलियो राजनीतिक केन्द्र बन्यो भन्ने सन्देश दिएर म फेरि तपाइँहरू समक्ष आउने छु र आधिकारिक रुपमा तपाईहरूलाई अब तपाइँहरूको सबै तागत नेपालमा लगाउनु भन्ने छु । जो जहाँ भए पनि नेपालको विकास यात्रामा तपाईहरुको सहभागिता चाहियो भन्ने दिन आउँछ । म ब्यग्रतापूर्वक त्यो दिनको प्रतिक्षामा छु,–उनले भने ।’

Skip This
Logo