जापान भ्रमणमा रहेका दाहाल र लिवरल डेमोक्रेटिक पार्टीका शीर्ष नेताबीच भेटवार्ता

जापान भ्रमणमा रहेका दाहाल र लिवरल डेमोक्रेटिक पार्टीका शीर्ष नेताबीच भेटवार्ता


जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र लिवरल डेमोक्रेटिक पार्टीका शीर्षनेताबीच भेटवार्ता भएको छ ।

अध्यक्ष दाहाल र लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ नेता तथा जापानी प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदिय समितिका सभापति तोसिहिरो निक्कईबीच भेटवार्ता भएको भएको  बताइएको छ । तोसिहिरो निक्कइ पूर्व अर्थ, व्यापार र उद्योगमन्त्री  पनि हुन् । 

सो भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदानप्रदानदेखि स्थानीय सहर÷नगरहरुबीच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, जलविद्युत, भौतिक पुर्वाधार लगायतमा जापान सरकारको सहयोगलाई अझ वृद्धि गर्दै जाने लगायतका विषयमा छलफल भएको बताइएको छ ।
 

Logo