एसियाडको बास्केटबलमा जापानसँग नेपाल पराजित

एसियाडको बास्केटबलमा जापानसँग नेपाल पराजित


एसियाली खेलकुदको महिला यु-२३ थ्री बाइ थ्री बास्केटबलमा नेपाल पराजित भएको छ।

डेजिङ जियोग्राफिक इन्फोर्मेसन पार्कमा भएको समूह ‘बी’ को लिग खेलमा जापानले नेपाललाई २२-४ ले पराजित गरेकाे हाे। नेपालका लागि मिना गुरुङ र गरिशा सिलवालले समान २-२ स्कोर गरे। नेपाली टोलीका सहभागी अन्य खेलाडीमा कप्तान श्रेया खड्का र रिन्चेन मोक्तान रहेका छन्।

समूह ‘बी’ मा चाइनिज ताइपेईं र काजाकिस्तान पनि छन्। नेपालले बुधबार काजाकिस्तानसंग तथा ताइपेईंसंग शुक्रबार प्रतिस्पर्धा गर्ने छ।

Skip This
Logo