बंगलादेशले आज आयोजक इङ्ल्याण्डको सामना गर्ने

बंगलादेशले आज आयोजक इङ्ल्याण्डको सामना गर्ने


विश्वकप क्रिकेटमा आज (शनिवार) आयोजक बेलायत र बंगलादेश भिँड्दैछन् ।

दिउँसो सवा ३ बजे शुरु हुने खेलमा बंगलादेशले इङ्ल्याण्डको सामना गर्न लागेको हो । पहिलो खेलमा इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई १०४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो भने दोश्रो खेलमा आयोजक इङ्ल्याण्ड पाकिस्तानसँग १४ रनले पराजित भएको थियो ।

त्यस्तै बंगलादेशले पहिलो खेलमै दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको थियो । त्यस्तै दोश्रो खेलमा भने बंगलादेश न्युजिल्याण्डसँग २ विकेटले पराजित भएको थियो ।

 

Logo