एनआरएनए युएईका अध्यक्ष र द्वितिय उपाध्यक्ष निलम्बित

एनआरएनए युएईका अध्यक्ष र द्वितिय उपाध्यक्ष निलम्बित


गैर आवासीय नेपाली सङ्घले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को सहयोगमा युएईमा रहेका पीडित नेपालीलाई उद्धार गर्न ८० हजार डलर (झन्डै नेपाली ९२ लाख रुपैंयाँ) बराबरको रकम युएईका अध्यक्ष प्रकाश कोइरालाको नाममा पठाएको र उक्त रकम कोइराला लगायत केही व्यक्तिले मनपरी रूपमा प्रयोग गरेको समाचार बाहिरिएपछि गर्माएको एनआरएनए केन्द्रदेखि युएई सम्मको हिनामिना प्रकरणले उग्र रुप लिएको छ ।

एनआरएनए आइसिसीले दुबईबाट श्रमिकको उद्धारमा आर्थिक हिनामिना गरिएको भन्ने आरोपको खण्डन गरेको थियो । सङ्घका प्रवक्ता डिबी क्षेत्रीले गत बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै श्रमिक उद्धारको लागि भएको सम्पूर्ण खर्च विवरण पारदर्शी रहेको जनाएका थिए । विवाद बढ्दै गएपछि सङ्घले हिजो आइसिसी सदस्य राजु केसीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको थियो तर युएई कार्यसमितिका पदाधिकारीहरूले नै समितिमा राजनीति गन्ध आएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना गरिरहेका छन् ।

यता गए रातिसम्म चलेको एनसीसी युएई कार्यसमितिको बैठकले उद्धार तथा राहत परियोजनामा हिनामिना गरेको आरोपमा सङ्घ युएईका अध्यक्ष प्रकाश कोइराला र द्वितीय उपाध्यक्ष पासाङ शेर्पालाई कार्यकारी जिम्मेवारीबाट निलम्वन गर्दै प्रथम उपाध्यक्ष निरञ्जनप्रसाद सिलवाललाई कार्यवाहक अध्यक्षमा मनोनीत गरेको छ । सङ्घको विधान अनुसार कार्यसमितिको अनुमतिमा मात्र अध्यक्ष र कोषाध्यक्षको नाममा संयुक्त खाता खोल्नु पर्नेमा अध्यक्ष कोइराला तथा उपाध्यक्ष शेर्पाको नाममा काठमाडौँस्थित माछापुच्छ्रे बैङ्कमा संयुक्त खाता खोली ६० हजार डलर (झन्डै ७० लाख रुपैंयाँ) राखिएको पाईए पनि उपाध्यक्ष शेर्पाले आरोप उपर नोट अफ डिसेन्ट लेखेका छन् भने कोइरालाले छानबिन समितिलाई सघाउने बताएको बिज्ञप्तिमा जनाइएको छ । 

गत वर्ष १ जुलाई २०२० मा सुरु गरिएको उद्धार परियोजना यसै महिना (२८ फेब्रुअरी २०२१) मा सम्पन्न हुँदैछ । परियोजना सकिनु अगाडि नै उक्त परियोजनामा व्यापक भ्रष्ट्राचार भएको प्रमाणित भइसकेपछि अहिले एनआरएनएलाई यो परियोजना निल्नु न ओकल्नु बनेको छ । 

पीडित उद्धार शीर्षकको रकम हिनामिनाले तात्यो मध्यपूर्व

 

 

Logo