एनआरएनए साउदीमा भएको घोटाला आरोपको खण्डन, प्रमाणित गर्न खुल्ला चुनौती ! 

एनआरएनए साउदीमा भएको घोटाला आरोपको खण्डन, प्रमाणित गर्न खुल्ला चुनौती ! 


दातृसंस्था आइएलओले कोरोनाका कारण खाडी राष्ट्रमा पीडित अवस्थामा रहेका श्रमिकको उद्धारका लागि सहयोग स्वरुप दिएको पैसा एनआरएनए एनसीसीका जिम्मेवार व्यक्तिले नै हिनामिना गरेको खबरहरू केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । केही दिन पहिले दुबईको एनसिसिमा भएको अनिमियतता बाहिरिएपछि हाल एनआरएनए मध्यपूर्व शान्त अवस्थामा छैन् ।

सामाजिक सञ्जाल तथा केही अनलाइनमा श्रमिक उद्धारको नाममा ठूलो आर्थिक घोटला गरेको भन्ने आरोप लगाइएपछि एनआरएन साउदीले आइतबारराति आकस्मिक रुपमा भर्चुअल माध्यमबाट पत्रकार सम्मलेनको आयोजना गरेर आपत्ति जनाएको हो ।

सम्मेलनमा बोल्दै संघका अध्यक्ष तेजबहादुर थापाले एनआरएनए साउदीको बदनाम गर्न गलत प्रचार गरिएको दावी गरे,‘साउदी अरबमा सञ्चालित संघका परियोजनामा हामी निकै जिम्मेवार र पारदर्शी छौं । आरोप सप्रमाण पुष्टि भएमा, आफूहरू हदैसम्मको सजाय भोग्न तयार रहेको र आरोप पुष्टि गर्न नसके आफूहरू  सरोकारवाला निकाय समक्ष पुग्नेछौं ।’ 

संघका कोषाध्यक्ष सन्तोष लुँइटेलले आधारहीन समाचार सम्प्रेषण गर्नेमाथि कारबाहीको माग गरेका छन्,‘हामी आर्थिक क्षेत्रमा एकदमै चुस्त र पारदर्शी छौँ, एक पैसा पनि हिनामिना भएको छैन’ उनले भने, ‘अफवाह फैलाउनेलाई हदै सम्मको कारवाही गरिनुपर्दछ । पीडितलाई राहत, खाद्यान्न वितरण, स्वदेश फिर्ती,सेल्टरको व्यवस्था, आउटरिच क्याम्पिङमार्फत राहदानी सहजीकरण, पीसीआर टेस्ट तथा हवाई टिकट उपलब्ध गराउँदै निरन्तर मानवीय सेवामा लागिरहेको एनसीसी साउदीले प्रेस विज्ञप्तिमा समेत जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्ने वक्ताहरूले आर्थिक घोटला भयो भन्ने विषयमा एक प्रतिशत पनि सत्यता नभएको बताए ।

एनआरएनए युएईका अध्यक्ष र द्वितिय उपाध्यक्ष निलम्बित

Logo