गण्डकी प्रदेश समन्वय परिषद कतारकाे अध्यक्षमा श्रेष्ठ 

गण्डकी प्रदेश समन्वय परिषद कतारकाे अध्यक्षमा श्रेष्ठ 


गण्डकी प्रदेश समन्वय परिषद कतारको दोस्रो साधारण सम्पन्न भएको छ ।`हाम्रो अभिभारा– समृद्घ गण्डकी प्रदेश´भन्ने मुल नारासहित कतारको दोहामा सम्पन्न भएको हो । अध्यक्ष हंशराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्थाका पदाधिकारीहरुको  समेत उपस्थिती रहेको थियो । 

प्रेम रसाईलीको शुभकामना मन्तव्य रहेको कार्यक्रममा महासचिव रामजी खत्रीले कार्यप्रगति विवरण कोषाध्यक्ष अजय विकले आयब्यय प्रस्तुत गरेका थिए । जुममार्फत सम्पन्न अधिवेशनको अन्त्यतिर बोल्दै मुख्यमन्त्री गुरुङले प्रवासी नेपालीहरुको देश विकासमा ठूलो योगदान गरेको बताए । अधिवेशनको समापन अध्यक्ष ढकालले गरेसँगै साधरणसभाको बन्द शत्र सुरु भएको थियो । 

केही पदमा परेको दोहोरो उम्मेद्वारीले सहमतिमा ढिलाई भएका कारण पूर्ण कार्यसमिति बन्न समय लागेको थियो । विभिन्न पदका प्रत्यासीहरु बीच आपसी सहमति भएसँगै गए राति राकेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणासहित सपथ कार्यक्रम सम्पन्न भएको छ । दोहाको एक रेष्टुरेन्टमा निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक आश बहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । 

नव निर्वाचित कार्यसमितिको अध्यक्षमा राकेश श्रेष्ठ (गोरखा), वरिष्ठ उपाध्यक्ष सागर पौडेल (बाग्लुङ), उपाध्यक्ष अजमत अलि (स्याङ्जा), महासचिव सन्तोष रेग्मी (तनहुँ), कोषाध्यक्ष कल्याण थापा (लमजुङ) रहेका छन् भने सदस्य (पदेन) हरुमा नारायणप्रसाद ढुंगाना (तनहुँ), नवराज नखौला (लमजुङ), रामजी खत्री (गोरखा), सबिन्द्र श्रेष्ठ (पर्वत), सन्तोष पौडेल ( बाग्लुङ), पिताम्बर चापागाईं (नवलपुर), हेम बहादुर विक (कास्की) रहेका छन् । 

सपथ ग्रहण पश्चात बोल्दै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सामाजिक मर्यादामा रहेर कार्यसम्पादन गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

Logo