पोर्चुगलमा ठगिए नेपालीद्वारा नेपाली नै, फर्जी हवाई टिकट बेचेर बिचल्ली

पोर्चुगलमा ठगिए नेपालीद्वारा नेपाली नै, फर्जी हवाई टिकट बेचेर बिचल्ली


रोजगारी तथा व्यवसायको आकर्षक गन्तव्य मानिएको युरोपेली मूलक पोर्चुगलमा नेपालीबाट नेपाली नै ठगिएका छन् । नेपाल जान टिकट लिएर एयरपोर्ट पुगेका केही नेपालीहरूलाई नक्कली टिकट भन्दै बोर्डिङ काउन्टरले फर्काएपछि आफूहरू ठगिएको प्रमाणित भएको हो । 

भक्तपुर ३ घर भएका विजय धिमाल लगेजसहित विमानस्थल पुगेका थिए। उनको उडान ११:५ को थियो। विमानस्थलको काउन्टरमा पुगेपछि टिकट देखाउँदा नक्कली टिकट भएको भन्दै आफूलाई बोर्डिङ पास नदिइएपछि आफूहरू ठगिएको प्रमाणित भएको उनले बताए ।

एनआरएनए पोर्चुगलका कोषाध्यक्षसमेत रहेका बिक्रमजङ्ग कुँवरले सञ्चालन गरेको लक्ष्मी ट्राभलले बिक्री गरेका करिब १५३ वटा टिकट फर्जी रहेको पाइएको म्याग्दीका निरोज कार्कीले केन्द्रबिन्दुलाई जानकारी गराए । हिजो मात्र ११ र आज २० जना एयरपोर्टबाट फर्किएर ट्राभल अफिसका अगाडि नाराबाजी गरिरहेका कार्कीले बताए । 

फर्काइएका ११ जनाले प्रतिव्यक्ति ६२० युरो अर्थात् नेपाली लगभग ७० हजार रुपैयाँ  तिरेर टर्किस एयरलाइन्सको टिकट काटेका थिए। 'काठमाडौँ एयरपोर्टमा आफन्त कुरेर बसीरहेका छन्, हामी साहुलाई कुरेर बसीरहेका छौं र कुँवर सम्पर्कमा छैनन्'- पीडितको भनाइ उदृत गर्दै  चर्चित स्तम्भकार दिल निशानी मगरले जानकारी दिएका छन् । यता गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले नक्कली हवाई टिकट बेच्ने सङ्घका कोषाध्यक्षलाई निलम्बन गरेको छ। कुँवर पोर्चुगलमा विवादित राजनीतिककर्मी तथा व्यवसायीका रूपमा चिनिन्छन् ।

Logo