कोभिडबाट सुरक्षित रहन नेपाली राजदूतावास भारतको अपिल

कोभिडबाट सुरक्षित रहन नेपाली राजदूतावास भारतको अपिल


नेपाली राजदूतावास भारतले त्यहाँ रहेका नेपालीहरूलाई कोभिड १९ को संक्रमणबाट सुरक्षित रहन अपिल गरेको छ।

कोभिडले महाव्याधीको रूप लिएको भन्दै राजदूत निलाम्बर आचार्यले अपिलमार्फत जनस्वास्थ्यका मापदण्डहरूलाई पूर्ण रूपमा पालना गर्दै सुरक्षित रहन आग्रह गरेका हुन्।

उनले आपसमा सहयोग लिने दिने गर्न पनि भनेका छन्। 

‘सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइलाई धैर्य गर्ने, नआत्तिने, विचलित नभई शान्त रहने एवं मास्कको प्रयोग अनिवार्य गर्ने, हात नियमित सफा राख्ने तथा स्यानिटाइज गर्ने, भिड्भाडबाट टाढा रहने, अत्यावश्यक काममा बाहेक बाहिर ननिस्किने, भौतिक दूरी कायम गर्नेजस्ता स्वास्थ्य सुरक्षाका उपायहरू अपनाउँदै एक आपसमा सहयोग लिन, सहयोग दिन एवं आफन्तभावलाई जीवन्त बनाइराख्न हार्दिक अपिल गर्दछु’, राजदूत आचार्यद्वारा जारी अपिलमा उल्लेख छ।

विपदको समयमा भारतमा रहेका नेपालीहरूलाई आवश्यक सहयोग पुर्याउने भारत सरकारका निकायहरू, भारतीय जनता र नेपाली समुदाय र संघ संस्थाप्रति राजदूत आचार्यले आभार प्रकट गरेका छन्।

उनले नेपाल र भारत दुवै कोभिडविरुद्धको लडाइँमा रहेको र चाँडै जित्ने विश्वास व्यक्त गरे।

Logo