काठमाडौं उपत्यकामा आज ४२९ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ४२९ जना संक्रमित थपिए


काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ४२९ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३७२ , भक्तपुरमा ४५ र ललितपुरमा १२ जना थपिएका हुन् । शुक्रबार ४१५ जना थपिएका थिए । शनिबार १८६ जना थपिएका थिए ।

काठमाडौंमा विहिबार ३७७ जना थपिएका थिए । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या ५,४२६ पुगेको छ । आज १२ हजार ४१७ पिसिआर गरिएको थियो ।

यस्तै देशभर निको हुनेको संख्या २० हजार ८२२ पुगेको छ । आज २६७ जना निको भएका छन् । शनिबार ३१३ जना निको भएका थिए । शुक्रबार १६९ निको भएका थिए ।

Logo