कतारमा कोरोना निको हुनेको सङ्ख्या ३० हजार नाघ्यो, मृतकको सङ्ख्या ३८ (गल्फ अपडेटसहित)

कतारमा कोरोना निको हुनेको सङ्ख्या ३० हजार नाघ्यो, मृतकको सङ्ख्या ३८ (गल्फ अपडेटसहित)


  • तिलु शर्मा पौडेल
    दोहा कतार ।

कतारमा पछिल्ला दिनहरूमा कोरोनाबाट स्वास्थ्य लाभ गर्ने हरुको सङ्ख्या उच्च देखिएका कारण नागरिकमा परेको दुबिधा हमाद अस्पतालले हटाएको छ । गए राति एक भिडियो जारी गर्दै कतारले उपचार विधिमा नयाँपन अपनाएको बताएको छ । वैज्ञानिकहरूको पछिल्लो अध्ययन अनुसार उक्त विधिलाई अमेरिका लगायतका देशहरूमा अपनाइएको जनाउँदै युरोपियन स्वास्थ्य संस्था र विश्व स्वास्थ्य सङ्गठनको मार्ग निर्देशन बमोजिम कतारले अपनाएको हो ।

उक्त विधिले अन्य रोगबाट ग्रसित नभएका स्वस्थ मानिसमा १० दिन भित्रमा भाइरस कमजोर पार्ने र अरूमा सर्न नसक्ने अवस्थामा पुग्ने भाइरोलोजी विभाग प्रमुख डा. पितर कोयलेले बताए । यद्यपि बिरामीलाई १४ दिन भित्रमा डिस्चार्ज दिए पनि बिरामीले होम क्यारेन्टाइन बस्न र डाक्टरको निर्देशनको पालना भने अनिवार्य गर्नु पर्नेछ ।

स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४५१ जनाले स्वास्थ्य लाभ गरे सँगै स्वास्थ्य लाभ गर्नेको कुल सङ्ख्या ३० हजार २९० पुगेको छ । आज जारी तथ्याङ्क अनुसार ४,०८१ जनामा गरिएको परीक्षणमा थप १,६४८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । २ जना ५३ र ७७ वर्षीय नागरिकको कोरोनाका कारण मृत्यु भएको छ । यो सँगै कतारमा भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ भने सङ्क्रमितको सङ्ख्या ५६ हजार ९१० पुगेको छ ।

आज सम्म २ लाख २२ हजार ०६९ जनामा कोरोनाको परीक्षण गरिएको छ । ती मध्ये १८०२ जनालाई डाक्टरहरूको निगरानीमा क्वारेन्टाइनमा राखिएको छ भने २४२ जनालाई अस्पताल भर्ना गरिएको छ । नयाँ २७ जनासहित आइसियुमा रहने बिरामीको सङ्ख्या २३२ पुगेको छ । २६ हजार ५८२ जनाको उपचार चलिरहेको छ । नयाँ भेटिएका सङ्क्रमितहरू आप्रवासी तथा स्थानीय नगारिकहरु रहेको बताइएको छ । ४ लाख भन्दा बढी नेपालीहरू कार्यरत रहेको कतारमा १ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

गल्फ अपडेट

साउदी अरब
कुल सङ्क्रमित : ८३,३८४
स्वास्थ्य लाभ : ५८,८८३
मृत्यु : ४८०

कुवेत
कुल सङ्क्रमित : २७,०४३
स्वास्थ्य लाभ : ११,३८६
मृत्यु : २१२

ओमान
कुल सङ्क्रमित : ११,४३७
स्वास्थ्य लाभ : २,३९६
मृत्यु : ४७

बहराइन
कुल सङ्क्रमित : ११,२८८
स्वास्थ्य लाभ : ६,६७३
मृत्यु : १८

युएई (दुबई)
कुल सङ्क्रमित : ३४,५५७
स्वास्थ्य लाभ : १७,९३२
मृत्यु : २६४

Logo