काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले महासचिव भूपेन्द्रजंग शाहीलाई बर्खास्त गरेका छन् । तीन वर्षदेखि चार जनामा सीमित बनेको तरुण दलको विवाद उत्कर्षमा पुगेका बेला अध्यक्ष बस्नेतले महासचिव शाहीलाई बर्खास्त गरेका हुन् । महासचिवलाई पदबाट हटाएसँगै तरुण दलभित्रको विवाद उग्र बनेको छ ।
अध्यक्ष बस्नेतले विज्ञप्ति निकाल्दै महासचिवलाई पदबाट हटाएका हुन् । संगठनको हितविपरीत काम गरेको भन्दै अध्यक्ष बस्नेतले महासचिव शाहीलाई हटाएको जनाएका छन्। अध्यक्ष बस्नेतले महासचिव शाहीलाई संगठनको साधारण सदस्यसमेत नरहेन गरी कारवाही गरेका छन्।
यस्तै, महासचिव शाहीले पनि विज्ञप्ति जारी गर्दै अध्यक्ष बस्नेतलाई पदबाट हटाएको दाबी गरेका छन्। महासचिव शाहीले आफूलाई अध्यक्षले हटाउने कुनै अधिकार नभएको दाबी गरे। अध्यक्ष बस्नेतको गलत कामको भण्डफोर गर्दा आफूमाथि षडयन्त्र भएको उनको दाबी छ।
अध्यक्ष बस्नेतले बाढीपीडितको नाममा आएको सहयोग हिनामिना गरेको भन्दै अख्तियारमा जाने महासचिव शाहीले चेतावनी दिए ।
प्रतिक्रिया