करेन्ट लागेर एक युवकको मृत्यु

करेन्ट लागेर एक युवकको मृत्यु


डडेल्धुरामा करेन्ट लागेर एक किशोरको ज्यान गएको छ । अमरगढी–१ दह (भेटा) का १८ वर्षीय तेजबहादुर ऐरको करेन्ट लागेर ज्यान गएको हो ।

बोकेर हिडेको काँचो काठले बिजुलीको तारमा छुदा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।

पीडित पक्षले विद्युत् प्राधिकरण वितरण केन्द्रको लापरबाहीले करेन्ट लागेको भन्दै भीमदत्त राजमार्गको स्याउले नजिक करिब १० घण्टा सडक अवरुद्ध गरेका छन् । प्रदर्शनपछि पीडित पक्ष र विद्युत् प्राधिकरण वितरण केन्द्र, डडेल्धुराबीच क्षतिपूर्ति दिने सहमति भएको छ ।

सवारी रोकिँदा तराईबाट पहाड आउने र जाने यात्रुहरु अलपत्र परेका थिए । अवरुद्ध सडक शुक्रबार बिहान ४ बजेबाट खुलेपछि सवारी गन्तव्यतर्फ लागेका छन् ।

Logo