केन्द्रबिन्दुमा होली स्पेशल सेलिब्रेशन (तस्बिरसहित)

केन्द्रबिन्दुमा होली स्पेशल सेलिब्रेशन (तस्बिरसहित)


काठमाडौं । केन्द्रबिन्दु अनलाईन मिडियाकर्मीहरुले होली स्पेशल मनाएका छन् । रंगहरुको पर्व होलीको पूर्व सन्ध्यामा केन्द्रबिन्दकर्मीहरुले होली सेलिब्रेशन गरेका हुन् । केन्द्रबिन्दु अनलाईन र युट्युब च्यान केन्द्रबिन्दु टिभीका कर्मचारीहरुले संयुक्त रुपमा मंगलबार होली सेलिब्रेशन गरेका हुन् ।

सेलिब्रेशन कार्यक्रममा केन्द्रबिन्दु क्रिएसन प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत बिदुर खतिवडाले सम्पूर्णलाई होलीको शुभकामना व्यक्त गरे । त्यस्तै सम्पादक दिवस गुरागाईंले समेत होलीको शुभकामना दिए । एक आपसमा रंगहरु लगाउनुका साथै होली समेत खेलिएको थियो ।

हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पुर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ ।

हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी थिइन र त्यही दिनदेखि होलीका पर्व पर्दापण भएको मानिन्छ । यो चाड वसन्त ऋतुमा फाल्गुन महिनामा मनाइन्छ। होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ ।

राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रंग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानो सानो नानीहरूदेखि वृद्ध वृद्धा सम्म सबै होलीको मजा गर्छन् । युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित मिल्छन् ।

होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पुर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।

फागुन शुक्ल अष्टमीको दिन काठमाडौंको वसन्तपुर दरबार अगाडि चीर-विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर (लिङ्गो) लाई ढालेर जलाएपछि समाप्त हुन्छ ।

Skip This
Logo