काठमाडौं,२६, असोज
नेपालमा करिब १ लाख मानिस दृष्टिविहीन भएको एक तथ्याङ्कले देखाएको छ। ३ मिटरको दूरीबाट औंला गन्न नसक्ने अवस्थामा रहेका मानिसलाई दृष्टिविहीन भन्ने गरिएको छ। "/>

नेपालमा १ लाख मानिस दृष्टिविहीन

नेपालमा १ लाख मानिस दृष्टिविहीन


काठमाडौं,२६, असोज
नेपालमा करिब १ लाख मानिस दृष्टिविहीन भएको एक तथ्याङ्कले देखाएको छ। ३ मिटरको दूरीबाट औंला गन्न नसक्ने अवस्थामा रहेका मानिसलाई दृष्टिविहीन भन्ने गरिएको छ। यस्तै १ लाख १ हजार ५ सय जनालाई अन्धोपना भएको बताइएको छ। हरेक ५ जना अन्धोपन भएको मानिस मध्ये ४ जनाको उपचार र रोकथाम सम्भव भएको तिलगंगा आँखा प्रतिष्ठानका कार्यक्रम उपनिर्देशक नवीन राईले जानकारी दिए । यस्तै ५ हजार ७५ जनामा जलबिन्दु, ९ हजार १ सय ३५ जनामा आँखाको पर्दाजन्य रोग, ३५ हजार ५ सय २५ जनामा मोतियाबिन्दु , ६ हजार ९० जनामा आँखाको नानीमा हुने अन्धोपना र ४ हजार ६० जनामा दृष्टिदोष भएको प्रतिष्ठानले तयार पारेको तथ्याङ्कमा उल्लेख छ। नेपालमा हाल २ सय १५ जना नेत्र विशेषज्ञ रहेका छन् । जसमध्ये ८६ जना राजधानीमा कार्यरत छन् । बाँकी १ सय २९ जना राजधानीबाहिर रहेको प्रतिष्ठानले बताएको छ।
नेपाल समाचारपत्रबाट

Logo