एलिजावेथको निधन शोकमा इंग्लिस प्रिमियर लिगको सप्ताहन्तका खेल स्थगित

एलिजावेथको निधन शोकमा इंग्लिस प्रिमियर लिगको सप्ताहन्तका खेल स्थगित


बेलायतकी महारानी एलिजावेथको निधन शोकमा इंग्लिस प्रिमियर लिगले सप्ताहन्तका सम्पूर्ण खेलहरु स्थगित गर्ने निर्णय गरेको छ ।

शनिबार, आइतबार र सोमबार हुने तालिका रहेका १० खेलहरु स्थगित गर्ने निर्णय गरिएको प्रिमियर लिगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रिमियर लिगका प्रमुख कार्यकारी रिचार्ड मास्टर्सले भने, ‘हामी र हाम्रो क्लब उहाँले देशका लागि गर्नुभएको योगदानप्रति श्रद्धान्जली अर्पण गर्न चाहन्छौ ।’

बेलायतमा ७० वर्षसम्म शासन गरेकी एलिजावेथको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो । 

Logo