सभामुख घिमिरे र प्रदीप नेपालबीच भेटवार्ता

सभामुख घिमिरे र प्रदीप नेपालबीच भेटवार्ता


नवनिर्वाचित सभामुख देवराज घिमिरेले र पुराना नेता प्रदीप नेपालबीच भेटवार्ता भएको छ ।

बिहीबार सभामुखमा चयन भएका घिमिरे आइतबार नेता नेपाललाई भेट्न उनको गोठाटारस्थित निवास पुगेका थिए । भेटमा एमाले सांसद सूर्य थापा पनि सहभागी थिए ।

नेपाल पार्टीका अग्रज नेता र सभामुखका नातेदार पनि भएकाले उनीहरूबीच भेटवार्ता भएको थापाले बताए । घिमिरे नाताले नेपालका भाञ्जा पर्छन् ।

Logo