महिलाको हत्या गरी शरीरका अंगहरू बेचविखन गर्ने गिरोह पक्राउ

महिलाको हत्या गरी शरीरका अंगहरू बेचविखन गर्ने गिरोह पक्राउ


तान्त्रिक कामको एक महिलाकाे हत्या गरी ‍औलाहरू बेच्ने संंगठित गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएकाे छ  ।

तान्त्रिक कामको लागि मानिसको औंलाहरू चाहिने र औंला काटेर ल्याएमा प्रति औंला ८० लाखसम्म बिक्री हुने भन्दै संगठीत गिरोहले रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-५ की सरजहा दर्जीको हत्या गरेको प्रहरीले जनाएको छ ।

गत चैत २० गते कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. ६ स्थित बेतिया नदिमा एक महिलाको शव हत्या गरि फालेको अवस्थामा फेला परेको थियो।

उक्त हत्याकाे अनुसन्धानकाे क्रममा २ हप्तापछि प्रहरीले अपराधी पत्ता लगाएकाे हाे । प्रहरीका अनुसार दर्जीको कपिलवस्तुको महाराजगञ्जमा विवाह भए पनि श्रीमानको मृत्यु भएपछि विगत १२/१३ वर्षदेखि माईतीमा बस्दै आएकी थिइन् ।

लामो समयदेखि चिनजान भएकाे कपिलवस्तुको शुद्धोधन गाउँपालिका २ नन्दनगरका अब्दुल कलाम मुसलमान र बेलाल अहमद मुसलमाने गत चैत १२ गते दर्जीलाई फोन गरी शुद्धोधन वडा नं. ३ हर्दिहवा बोलाए ।

पुरानै चिनजान भएका व्यक्तिहरुले बोलाएपछि उनी हर्दिहवा गईन्। त्यहाँ पुग्दा साँझ पर्दै थियो । त्यही गफ गरिरहेकाे अवस्थामा दुई जना मिलेर उनकाे घाँटी थिचेर मारेकाे र उनिहरुले दुवै हातका दशवटै औंला काटेर लगेपछि शवलाई बोरामा हालेर खोलामा नतैरियोस् भनी ढुंगा समेत राखेर फालिदिएकाे अवस्थामा प्रहरीले बरामद गरेकाे थियो । 

उक्त घटनामा संलग्न अभियोगमा ३९ वर्षिय अव्दुल कलाम मुसलमान र ४५ वर्षिय बेलाल अहमद मुसलमानसँगै शुद्धोधन ५ का ५५ वर्षिय रामहरव यादव, रूपन्देही सैनामैना नगरपालिका वडा नं १ बनकट्टाका ६७ वर्षिय कर्ण बहादुर सुनार र नवलपरासीको मध्यविन्दु नगरपालिका ७ घर भई हाल बुटवल उपमहानगरपालिका वडा नं ९ शिबनगर डेरा गरी बस्ने ६७ वर्षिय खेम बहादुर मल्ललाई प्रहरीले पक्राउ गरेकाे हाे । 

Logo