उपचारको लागि काठमाडौं आउन डा. केसीद्धारा अस्वीकार, सेनाको स्काई ट्रक फर्कियो

उपचारको लागि काठमाडौं आउन डा. केसीद्धारा अस्वीकार, सेनाको स्काई ट्रक फर्कियो


स्वास्थ्य सेवा सुधारका माग राखेर विगत ९ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीले उपचारका लागि काठमाडौं आउन अस्वीकार गरेका छन् ।

उनलाई लिन गएको नेपाली सेनाको स्काई ट्रक उनले काठमाडौं नजाने अडान लिएपछि धनगढीबाट फर्केको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा तथा सेती प्रादेशीक अस्पतालका चिकित्सकको टोलीले केसीलाई उपचारका लागि काठमाडौं लैजान आग्रह गरेको थियो । 

तर, आफूलाई जटिल समस्या नभएकाले जबर्जस्ती नगर्न केसीले पटक पटक आग्रह गरेपछि नेपाली सेनाको स्काई ट्रक काठमाडौं फर्केको हो । उनी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा. केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भनेपछि सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाउने तयारी गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको थियाे । 

अनशन बसेको दोस्रो दिनदेखि नै डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।  उपचारमा संलग्न डा. शेरबहादुर कमरका अनुसार उनको सुगर लेवल घटेर ४० पुगेको छ । प्रेसरको लेभल पनि निकै कम रहेको छ भने उनको आमाशयबाट पनि रक्तश्राव भइरहेको छ । 

Logo