अध्यक्ष ओलीले फेरि दोहोर्‍याए प्रधानमन्त्रीको राजीनामाको अडान

अध्यक्ष ओलीले फेरि दोहोर्‍याए प्रधानमन्त्रीको राजीनामाको अडान


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामाको अडान दोहोर्‍याएका छन्।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले एमालेका कारण नभई प्रधानमन्त्रीका कारण संसद बन्द भएको भन्दै राजीनामाको अडान दोहोर्‍याएका हुन् । उनले भने, ‘प्रचण्डको २१ गतेको वक्तव्य हेर्नुहोस् हाम्रो राजीनामा नै माग छ। राजीनामा दिएपछि सहमति जुट्छ ।’

आजै मात्र प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार दल कांग्रेस सभापति शेरबहादुर देउवा तथा एमाले अध्यक्ष ओलीबीच छलफलमा सदनमा चित्तबुझ्दो भाषामा प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउँदै माफी माग्ने सहमतिपछि एमालेले सदनको गतिरोध हटाउन सहमत भएको थियो । तर, आजको बैठक स्थगित भएको छ । 

उक्त विषयमा सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष ओलीले भने, ‘संसद प्रधानमन्त्रीले बन्द गराउनु भएको हो, हामीले होइन। उहाँले हामीमाथि गम्भीर आरोप लगाउनु भएको छ, त्यो फिर्ता लिनु भएको छैन।’

Logo