जनसत्ता प्रमुखद्वारा विप्लवको पार्टी परित्याग

जनसत्ता प्रमुखद्वारा विप्लवको पार्टी परित्याग


नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जनसत्ता प्रमुख बोझबहादुर खत्रीले पार्टीबाट राजिनामा दिएका छन् ।खत्रीले ओखलढुंगामा बिहीबार पत्रकार सम्मेलन गरेर पार्टीबाट राजीनामा दिएका हुन्।

‘मुख्य कुरा कार्यदिशा प्रष्ट नभएको र बहुदलीय पद्धतिलाई स्वीकार गर्नुको विकल्प नभएकाले मैले पार्टीसँगको सम्बन्ध विच्छेद गरेको हूँ ।’ पत्रकार सम्मेलनमा खत्रीले भने।

आफू मानवअधिकारकर्मी बनेर उत्पीडितको पक्षमा काम गर्ने बताउंदै खत्रीले अबदेखि पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने बताएका छन्। उनले बिगतमा स्थानीय तथा संसदीय निर्वाचनमा सहयोग गर्दै पार्टीबाट टाढा रहँदै आएको समेत दाबी गरे  ।

Logo