बागमती प्रदेशसभाको बैठक शनिबार बस्ने

बागमती प्रदेशसभाको बैठक शनिबार बस्ने


बागमती प्रदेशसभाको आजलाई तय भएको बैठक शनिबार बस्ने भएको छ। आज दिउँसो १:०० बजे बस्ने भनिएको प्रदेशसभा बैठक विशेष कारण शनिबार बिहान ११:०० बजे बस्ने छ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार शनिबारको बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने सोही बैठकमा प्रदेशसभामा पेस भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ। प्रदेशसभाको बैठक यसअघि गत भदौ २४ गते बसेर स्थगन गरिएको थियो।

Logo