माइतीघर मण्डलामा प्रदर्शन गर्नेहरु नियन्त्रणमा

माइतीघर मण्डलामा प्रदर्शन गर्नेहरु नियन्त्रणमा


माइतीघर मण्डलामा शान्तिपूर्ण बिरोध प्रदर्शन गर्न पाउनुपर्ने माग राख्दै प्रदर्शन गर्नेहरुलाई प्रहरीले पक्राउ गरिएको छ । प्रहरीले प्रदर्शन गर्ने विवेकशील साझा पार्टीका संयोजकसहित ९ जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई अहिले वैद्यखानामा राखिएको छ । उनीहरूले नागरिक स्वतन्त्रता खोस्न दिँदैनौं, निषेधित क्षेत्र घोषणा अवज्ञा गर्छौं, अधिकारकै लागि लड्छु भन्ने अनि आफैं नागरिकको अधिकार खोस्नेलगायतका पम्प्लेट लिएर विरोध प्रदर्शन गरेका थिए।

सरकारले विरोध प्रदर्शनका लागि सरकारले तोकेको ७ ठाउँबाहेक अन्त त्यस्ता कार्य गरेमा कानूनी कारवाही गर्ने सरकारले चेतावनी दिँदै आएको छ ।

Skip This
Logo