प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३० अंक बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३० अंक बढ्यो


साताको पहिलो दिन आज कारोबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३० अंक बढेको छ ।

कारोबार सुरु भएपश्चात सो सेसनमा ३०.५९ अंक बढेर २६६७.२७ विन्दुमा पुगेको थियो भने यो समाचार तयार बनाउदाँसम्म केही अकंले घटेर २६४१.९१ विन्दुमा झरेको छ । सुरुमा सेन्सेटिभ इण्डेक्स पनि ३.७७ अंक बढेको छ ।

गत बिहीबार २५.२३ अंक बढेर २६३६.६८ विन्दुमा पुगेर कारोबार बन्द भएको थियो ।

आइतबार प्रि ओपन सेसनमा ५४ कम्पनीको १ करोड ६९ लाख ८९ हजार ९६२ रुपैयाँ बराबरको ३६ हजार १३९ कित्ता शेयर खरिद बिक्री भएको छ । जसमध्ये ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको घटेको छ । बाँकी ६ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ ।

आज छैठौं दिन पनि निफ्राको सेयर नै उच्च अंकले बृद्धि भएको छ । आज पनि ९.८९ प्रतिशले बृद्धी भएको छ ।

Logo