राप्रपालाई ‘हलो’ चुनाव चिन्ह दिइएन भने चुनाव हुनै दिँदैनाैं : अध्यक्ष लिङ्देन

राप्रपालाई ‘हलो’ चुनाव चिन्ह दिइएन भने चुनाव हुनै दिँदैनाैं : अध्यक्ष लिङ्देन


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा 'हलो' चुनाव चिन्ह नदिइए चुनाव नै हुन नदिने चेतावनी दिएका छन् ।

सोमबार बर्दियामा भएको कार्यक्रममा उनले हलो चुनाव चिन्ह नपाउने स्थिति आए चुनाव हुन नदिने चेतावनी दिएका हुन्।

सभामा सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले भने- 'राप्रपालाई आगामी स्थानीय तहको निर्वाचनमा दलको चुनाव चिन्ह 'हलो' दिइएन भने चुनाव बहिष्कार गर्ने होइन, चुनाव नै हुँदैन, हामी हुन दिँदैनौं।' राप्रपालाई राष्ट्रिय राजनीतिको मूलधारबाट पर धकेल्ने कुरा स्वीकार्य नहुने उनले बताए। 

'द्वन्द्व र मुठभेड तर्फ मुलुकलाई नधकेल्न सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँछु।' लिङ्देनले भने। 'देशभरका कार्यकर्ता साथीहरूलाई विश्वास दिलाउन चाहन्छु कि राप्रपाका कार्यकर्ताले, राप्रपालाई मत दिन चाहने मतदाताले हाम्रो चुनाव चिन्ह 'हलो' मै भोट हाल्न पाउनु हुनेछ।'

Logo