निर्जीवन बिमा कम्पनीको नाफा साढे चार अर्बभन्दा बढी

निर्जीवन बिमा कम्पनीको नाफा साढे चार अर्बभन्दा बढी


निर्जीवन बिमा कम्पनीहरुले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । 

वित्तीय विवरण अनुसार १८ निर्जीवन बिमा कम्पनीले गत आर्थिक वर्ष ४ अर्ब ५५ करोड ९९ लाख खुद नाफा कमाए । जसमध्ये नेको इन्स्योरेन्सले सबैभन्दा बढी ५५ करोड नाफा गर्‍यो । सोही अवधिमा शिखर र सगरमाथा इन्स्योरेन्स तथा राष्ट्रिय बिमा कम्पनीले ४० करोडभन्दा बढी खुद नाफा आर्जन गरेका छन् । त्यस्तै सिद्धार्थ इन्स्योरेन्सले, नेपाल, प्रिमियर इन्स्योरेन्स कम्पनी नाफा ३० करोडभन्दा बढी नाफा कमाउनेको सूचीमा रहे । 

कसले कति कमाए ?

१. नेको इन्स्योरेन्स 
गत आर्थिक वर्षको असार मसान्तसम्म नेको इन्स्योरेन्सले ५५ करोड नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ९ दशमलव ०३ प्रतिशतले बढी हो । 

२. अजोड इन्स्योरेन्स 
अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षसम्म ११ करोड ८९ लाख नाफा गरेको छ । एक वर्षको अवधिमा कम्पनीको खुद नाफा १६ दशमलव ६२ प्रतिशत बढी हो । 

३. जेनेरल इन्स्योरेन्स 
जेनेरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष ११ करोड २० लाख खुद नाफा गर्न सफल रह्यो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४ प्रतिशत बढी हो । 

४. हिमालयन जनरल इन्स्योरेन्स
हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३३ दशमलव ८८ प्रतिशतले बृद्धि भएर गत आर्थिक वर्ष १४ करोड ७९ लाख रुपैयाँ पुग्यो । 

५. एभरेष्ट इन्स्योरेन्स कम्पनी 
एभरेष्ट इन्स्योरेन्स कम्पनीको नाफा भने गत वर्षको तुलनामा घटेको छ । मर्जरपश्चात हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट साउन १ गतेदेखि नै एकीकृत कारोबार सुरु गरेको कम्पनीले वित्तीय विवरण छुट्टै प्रकाशित गरेको छ । वित्तीय विवरणअनुसार उसले ७ करोड ५ लाख रुपैयाँ मात्रै कमाउन सक्यो । अघिल्लो आर्थिक वर्ष एभरेष्टले १७ करोड ४६ लाख रुपैयाँ नाफा गरेको थियो । 

६. आइएमई जनरल इन्स्योरेन्स
आइएमई जनरल इन्स्योरेन्स कम्पनीले एक वर्षको अवधिमा १७ करोड १२ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतले कम हो । 

७. लुम्बिनी जेनेरल इन्स्योरेन्स
लुम्बिनी जेनेरल इन्स्योरेन्सले एक वर्षमा नाफा रकम १५ प्रतिशतले बढाएको छ । अघिल्लो आर्थिक बर्ष १६ करोड १८ लाख रुपैयाँ नाफा गरेको उसले गत आर्थिक वर्ष १८ करोड ७३ लाख रुपैयाँ खुद नाफा गर्यो । 

८. राष्ट्रिय बिमा कम्पनी 

राष्ट्रिय बिमा कम्पनीले गत आर्थिक बर्षमा ४७ करोड ३४ लाख रुपैयाँ नाफा गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ११ करोड ३० लाखले बढी हो । 

९. प्रिमियर इन्स्योरेन्स
प्रिमियर इन्स्योरेन्स कम्पनीको नाफा गत आर्थिक वर्ष ३ दशमलव ५४ प्रतिशतले घटेर ३६ करोड ४ लाख रुपैयाँमा सीमित भयो । कम्पनीको कुल बिमा शुल्कमा पनि १० दशमलव ४० प्रतिशतले गिरावट आएको छ । 

१०. सगरमाथा इन्स्योरेन्स 
सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष ४० करोड २२ लाख रुपैयाँ खुद नाफा कमायो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ८ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४४ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो । 

११. शिखर इन्स्योरेन्स
शिखर इन्स्योरेन्स कम्पनीले एक वर्षको अवधिमा ४० करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको छ । शिखरले अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष २८ प्रतिशत बढी नाफा गरेको हो ।

१२. प्रभु इन्स्योरेन्स
प्रभु इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा २३ करोड ७६ लाख रुपैयाँ नाफा कमायो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४४ लाखले बढी हो । 

१३. नेपाल इन्स्योरेन्स
नेपाल इन्स्योरेन्स कम्पनीले नाफा रकम ७ दशमलव ३४ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्ष उसले ३२ करोड ८९ लाख रुपैयाँ खुद नाफा गर्यो । 

१४. एनएलजी इन्स्योरेन्स
एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा २३ करोड ४५ लाख रुपैयाँ नाफा कमायो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २० करोड ५६ लाख रुपैयाँ नाफा गरेको थियो । 

१५. प्रुडेन्सियल इन्स्योरेन्स
प्रुडेन्सियल ल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष १५ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । उसको यो कमाइ अघिल्लो आर्थिक वर्षको तुलनामा ३२ प्रतितशले बढी हो । 

१६. युनाइटेड इन्स्योरेन्स
यूनाइटेड इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा १३ करोड ९६ लाख रुपैयाँ नाफा कमायो । उसको नाफा अघिल्लो आर्थिक वर्ष १० करोड ५२ लाख रुपैयाँमा सीमित थियो । 

१७. सिद्धार्थ इन्स्योरेन्स
सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ८ दशमलव ३२ प्रतिशतल घटेको छ । कम्पनीले गत वर्ष ३२ करोड १० लाख मात्र कमायो । 

१८. सानिमा जनरल इन्स्योरेन्स 
सानिमा जनरल इन्स्योरेन्सको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ । अघिल्लो आर्थिक वर्षमा ७ करोड २९ लाख नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १४ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गर्यो । 

 

Skip This
Logo