गत वर्षमा कुन जीवन बिमा कम्पनीहरुले कति कमाए ?

गत वर्षमा कुन जीवन बिमा कम्पनीहरुले कति कमाए ?


सञ्चालनमा रहेका विभिन्न १९ जीवन बिमा कम्पनीहरुले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

उक्त वित्तीय विवरण अनुसार १० वटा जीवन बिमा कम्पनीहरुको नाफा बढेको छ भने बाँकी ९ वटा जीवन बिमा कम्पनीहरुको नाफामा कमि आएको छ । 

१.मेट लाइफ 
मेट लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा २४ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कमा कम्पनीको नाफा ३५ करोड १० लाख रुपैयाँ रहेको थियो । 

२.एशियन लाइफ 
एशियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा १६ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले २५ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो । 

३.सिटिजन लाइफ इन्स्योरेन्स
सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा १८ करोड ८२ लाख ६५ हजार रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा यस कम्पनीले १८ करोड ७९ लाख २६ हजार रूपैयाँ खुद नाफा कमाएको थियो । 

४.गुराँस लाइफ 
गत आर्थिक वर्षको असार मसान्तसम्म गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रू. १७ करोड ५१ लाखभन्दा बढी खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले रू.१२ करोड १३ लाखभन्दा बढी खुद नाफा कमाएको थियो ।

५.आइएमई लाइफ इन्स्योरेन्स
आइएमई लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको असार मसान्तसम्म १२ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले  १३ करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो । 

६.ज्योति लाइफ
ज्योति लाइफले गत आर्थिक वर्षको असार मसान्तसम्म २३ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड रुपैयाँ नाफा कमाएको थियो । 

७.महालक्ष्मी लाइफ 
महालक्ष्मी लाइफ इन्स्योेरेन्सले गत आर्थिक वर्षको असार मसान्तसम्म  ११ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ९ करोड ४० लाख रुपैयाँ थियो ।

८.नेशनल लाइफ
नेशनल लाइफले गत आर्थिक वर्षको असार मसान्तसम्म ४० करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४० करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो । 

९.नेपाल लाइफ इन्स्योरेन्स
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी एक वर्षमा ३५ करोड २७ लाख रुपैयाँले घाटामा गएको छ । यो कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा ५३ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो । 

१०.राष्ट्रिय बीमा संस्थान 
राष्ट्रिय बीमा संस्थानले गत आर्थिक वर्षको असार मसान्तसम्म  रू. ७ करोड १७ लाखभन्दा बढी खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीले रू. ५ करोड ६२ लाखभन्दा बढी खुद नाफा आर्जन गरेको थियो ।

११.प्रभु लाइफ इन्स्योरेन्स 
प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म ७ करोड २६ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

१२.रिलायन्स लाइफ इन्स्योरेन्स
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा १२ करोड रुपैयाँ भन्दा बढी नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ७ करोड १४ लाख ६ हजार रूपैयाँ नाफा कमाएको थियो ।

१३.रिलायबल नेपाल लाइफ इन्स्योरेन्स 
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक वर्षको अवधिमो २७ करोड ४८ लाख ६६ हजार नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा उक्त कम्पनीले २२ करोड ५९ लाख ४२ हजार रुपैयाँ थियो । 

१४.युनियन लाइफ 
युनियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले १ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा १३ करोड ३ लाख रुपैयाँ थियो ।

१५.सन नेपाल लाइफ इन्स्योरेन्स
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा २१ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

१६.सानिमा लाइफ
सानिमा लाइफले गत आर्थिक वर्ष असार मसान्तसम्म १५ करोड ९१ लाख नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा १० करोड २७ लाख रुपैयाँ रहेको थियो । 

१७.एलआइसी नेपाल 
एलआइसी नेपालले गत आर्थिक वर्षको असार मसान्तसम्म ८ करोड ७४ लाख रुपैयाँ नोक्सानीमा रहेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

१८.प्राइम लाइफ 
प्राइम लाइफले गत आर्थिक वर्षको असार मसान्तसम्म २२ करोड ८८ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३० करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

१९.सूर्या लाइफ इन्स्योरेन्स
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा १३ करोड ४५ लाख रुपैयाँ नाफा कमायो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २० करोडभन्दा बढी नाफा कमाएको थियो । 
 

Logo