१२ असोज २०७९ बुधबार
1
1
1
1

ङादी खोलामा १२.६० मेगावाटको तल्लो न्यादी जलविद्युत् आयोजना निर्माण हुने

1
1
1
1

लमजुङको मर्स्याङ्दी गाउँपलिकाको ङादी खोलामा हव पावर प्रालिले १२.६० मेगावाटको तल्लो न्यादी जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । 

कम्पनीले मर्स्याङ्दी गाउँपालिकाको वडा नम्बर ६ र ७ मा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो । पानीलाई १८३६.५० मिटर लामो हेडरेस सुरुङ र ४१९ मिटर लामो पेनस्टक पाइपमार्फत् सतही विद्युतगृहमा पुर्‍याइनेछ ।  आयोजनाको अध्ययन पूरा भएकोले उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।

यही क्रममा विद्युत् विकास विभागले कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी गरिरहेको छ । विभागले अनुमतिपत्र जारी गर्नुअघि सूचना प्रकाशन गरेर आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको छ । सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय/सुझाव पठाउन सरोकारवाला समक्ष आग्रह  गरेको छ ।

आयोजनाको मुख्य सूचनाहरू खोलाको बायाँ किनारमा रहनेगरी डिजाइन तयार पारिएको कम्पनीले जनाएको छ । आयोजनाबाट निर्माण सुरु गरेको ३ वर्षमा उत्पादन सुरु गर्ने लक्ष्य कम्पनीको छ । आयोजना पूरा भएपछि वार्षिक ७७.६६८ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । उत्पादीत विद्युत् १३२ केभी लाइनमार्फत ४ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको टारीकुना सबस्टेसनमा जोडिनेछ ।

अर्थ संसार

प्रकाशित: १० भदौ २०७९ ११:१९ शुक्रबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी