फोर्स मोटर्सले ल्यायो दशैँ-तिहारको अवसरमा उपहारको वर्षा

फोर्स मोटर्सले ल्यायो दशैँ-तिहारको अवसरमा उपहारको वर्षा


फोर्स मोटर्सको आधिकारीक बिक्रेता हिमालय अर्गनाइजेसनअन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्रालीले नेपालीहरुको महान चाड दशैँ र तिहारको अवसरमा उपहारको वर्षा लिएर आएको छ । 

यस योजनाअन्तर्गत कुनै पनि गाडीको खरीदमा ग्राहकहरुले आकर्षक नगद छुट, वासिङ्ग मेसिन, स्मार्ट टि.भि., स्मार्ट फोन लगायतका उपहारहरु प्राप्त गर्न सक्नेछन् । यस अफर छठ पर्व अर्थात् कार्तिक १३ गतेसम्म लागु हुनेछ ।

आयाम इन्टरकन्टिनेन्टलले काठमाडौँको गैहिृधारा, पोखराको चाउथे र सुन्सरीको इटहरीमा आफ्नै शोरुम संचालनमा ल्याएको छ भने स्थानीय डिलरको रुपमा चितवनको भरतपुरमा, झापाको बिर्तामोड, ललितपुरको बाघडोल, सिराहाको लाहान, धनुषाको जनकपुरमा डिलरमार्फत फोर्स मोटर्सका गाडीहरु बिक्री वितरणमा ल्याइरहेको छ । 

Logo