सीजी मोटर्सले ल्याउने चांगन इलेक्ट्रिक भ्यान ईभी एक्सपोमा प्रदर्शन गरिने

सीजी मोटर्सले ल्याउने चांगन इलेक्ट्रिक भ्यान ईभी एक्सपोमा प्रदर्शन गरिने


नेपाली बजारमा चांगनका इलेक्ट्रिक भ्यान उपलब्ध हुने भएका छन् । 

नेपाली बजारमा सीजी मोटर्सले चांगनका इलेक्ट्रिक भ्यान उपलब्ध गराउने भएको छ । आगामी असोज ६ देखि ९ गते सम्म चल्ने नाडा ईभी एक्सपोमा चांगनको ११ सिटर भ्यान प्रदर्शन गरिने कम्पनीले जनाएको छ । सीजी मोटर्सले यो भन्दा पहिले होजोन मोटर्सको उत्पादन नेटा भी इलेक्ट्रिक कार बिक्री गरिरहेको छ भने हालै भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड ओला समेत ल्याउने सार्वजनिक भएको छ ।

ईभी एक्सपोमा ८ ब्रान्डका इलेक्ट्रिक कार प्रदर्शन गरिने नाडाको भनाइ छ । नेपाली बजारमा यो भन्दा पहिले चांगनका पेट्रोलियम सवारी साधन चाहिं एमएडब्लु वृद्धि कमर्सियल भेइकल प्रालिले बिक्री–वितरण गरिरहेको छ ।

Logo