असोज ६ देखी ९ गतेसम्म इभी एक्सपो आयोजना हुने

असोज ६ देखी ९ गतेसम्म इभी एक्सपो आयोजना हुने


नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालले पहिलोपटक इभी एक्सपो आयोजना गर्ने भएको छ । एक्सपो असोज ६ देखि ९ गतेसम्म काठमाण्डौको भृकुटी मण्डपस्थित प्रदर्शनी हलमा हुनेछ । 

सवारी साधनतर्फ ८ वटा व्रान्डका चार पाङ्ग्रे तथा १६ व्रान्डका इलेक्ट्रिक स्कुटर र मोटरसाइकलले सहभागिता जनाउँदै छन् । यी वाहेक वैंक तथा वित्तिय संस्था, ग्यारेज इक्विपमेन्ट र अन्य इभीसंग सम्वन्धित कम्पोनेन्ट बिक्रेता कम्पनी समेत सहभागी हुँदैछन् ।

पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको आयतमा प्रतिवन्ध लम्विदै गएपछि नाडाले वृहत अटो शो स्थगन गरेर नेपालमै पहिलोपटक इभी एक्सपो आयोजना गर्न लागेको हो ।

एक्सपोमा सहभागी हुन आवेदन दिएका ब्रान्डलाई स्टल वाँडफाँडको काम समेत नाडाले सम्पन्न गरिसकेको छ । गाडीबाट एक्सपोमा टाटा, हुन्डाई, टेस्ला, नेटा, विवाइडी, चांगन, ट्रियो थ्रि ह्विलर र विएफएसके व्रान्डले सहभागिता जनाउने भएका छन् ।

जसअन्तर्गत टाटाको नेक्सन र टिगोर, हुन्डाइको कोना र आयोनिक ५, टेस्लाको मोडल थ्रि, मोडल सिक्स तथा मोडल वाई, नेटाको भी मोडल, चांगनको भ्यान, विवाइडीको इ६, एम३ तथा टि३ र विएफएसकेको पनि भ्यान प्रदर्शनी हुनेछन् ।

यसैगरी टु ह्विलरतर्फ लेभनिङ, एनआइयू, यादिया, ओला, सिएफमोटो जिहो, सुपर सोको, हिरो इलेक्ट्रिक, दोहान, मिकु, जोय, सेग्वे, आयम, टेल्जि, प्योर, रेक्ट्रो र रेय मोटर्सले सहभागिता जनाउने छन् । यी मध्ये जिहो, जोय, ओला र रेय मोटर्स लगायतका इलेक्ट्रिक टु ह्विलरलाई एक्सपो स्थलबाटै औपचारिक लन्च गरिने तयारी गरिएको छ ।

यो एक्सपोमा गाडीबाट एमजी, किया, निशान, दिगो, डेरी र सिटी स्पिरिट लगायत ब्रान्ड भने सहभागी नहुने भएका छन् । यसैगरी नेपाल आउने तयारीमा रहेको वुलिङ व्रान्डको मिनी एसयूभलाई समेत देख्न पाइने छैन । टु ह्विलरतर्फ तीन दर्जन हराहारी ब्रान्ड उपलब्ध भएपनी आधा भन्दा बढी ब्रान्डले सहभागी हुन अनिच्छा देखाएका छन् ।

Logo