अटो कम्पनीहरुको दशैं अफरः कुन गाडी खरिदमा कति छुट ?

अटो कम्पनीहरुको दशैं अफरः कुन गाडी खरिदमा कति छुट ?


नेपाली अटोमोबाइल्स बजार अहिले कठिन अवस्थामा चलिरहेको छ । सरकारले विदेशी मुद्रा सञ्चिती बढाउने भनि १५० सीसी भन्दा माथिका दुई पांग्रे र १५ सय सीसी भन्दा माथिका चार पांग्रे सवारी साधन आयातमा रोक लगाएको छ । यसले गर्दा धेरै कम्पनीका उत्पादन बिक्रीका लागि उपलब्ध हुन सकेका छैनन् । 

बजार अब कतातिर जान्छ सब व्यवसायीहरुलाई चिन्ता भएको छ । आगामी असोज २८ गतेसम्म सम्मका लागि लगाइएको प्रतिबन्ध तोकिएको मितिभन्दा अगावै हट्ने आशामा व्यवसायीहरु भए पनि ढुक्क भने छैनन् । सरकारले लिने आगामी नीतिले पनि व्यवसायीहरुलाई असर पर्नेछ । यसले गर्दा चाडपर्व अफर ल्याउनका लागि पनि व्यवसायीहरु अझै निर्धक्क भएको अवस्था छैन । तर पनि चाडपर्वलाई लक्षित गरी केही कम्पनीहरुले विभिन्न अफरहरु सार्वजनिक गरेका छन् । 

नेपालीहरुको दशैं तिहार जस्ता महान चाडपर्व नजिकिँदै छन् । केही चाडपर्वलाई लक्षित पारी विभिन्न कम्पनीले अफर ल्याइरहेका छन् । विभिन्न कम्पनीले प्रत्येक वर्ष दसैं तिहारलाई लक्षित गरेर विभिन्न अफर सार्वजनिक गरिरहेका हुन्छन् ।

यस पटक टाटा कमर्सियल भेइकलको अफर सबैभन्दा पहिले सार्वजनिक भयो । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले दशैमा द–सही अफर नामक अफर भदौ महिना लाग्दै ल्याएको हो ।

उक्त अफर अन्तर्गत टाटाको प्रत्येक ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, एस, योद्धा, विङ्गर, म्याजिक वा इन्ट्रा खरीद गर्दा ग्राहकले टिभी, फ्रिज, वासिङ मेसिन, ओभन, ल्यापटप वा मोवाइल मध्ये कुनै एक उपहार छानेर लिन पाउनेछन् । यसका साथै उक्त अफरमा एएमसी, एक्सचेन्ज, रिप्लेसमेन्ट र ७० प्रतिशत फाइनान्स जस्ता सुविधाहरु समेत रहेका छन् ।  

अशोक लेल्यान्डका गाडी उपलब्ध गराइरहेको आइएमई मोटर्स प्रालिले ‘चाड पर्व हर्षको वहार लैजानुहोस् छानी छानी उपहार’ नामक योजना ल्याएको छ । यस अन्तर्गत अशोक लेल्यान्ड ब्रान्डका बस वा ट्रक टिपर किन्दा सिंगापुर टुर लगायतका विभिन्न आकर्षक उपहार पाउन सकिने भएको छ ।

यी सवारी साधन किन्दा –याफ्ट जिस्पा इलेक्ट्रिक भेइकल, २४ क्यारेट सुन वा एक जोडीले सिंगापुर भ्रमण गर्न पाउनेछन् । यस्तै, दोस्त पिकअप खरीद गर्दा एक जोडीका लागि थाइल्यान्ड टुर वा ल्यापटप वा १० ग्राम सुनका साथमा स्मार्टफोन उपहार पाउन सकिने व्यवस्था यस अफर अन्तर्गत छ ।

एड्भान्स अटोमोवाइलले दशैं र तिहार लक्षित ‘रेनो उत्सव’ अफर सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत रेनोको कुनै पनि नयाँ गाडी खरिद गर्दा ग्राहकले १ वर्षसम्मको लागि निःशुल्क इन्धन वापत ५० हजार रुपैयाँ नगद छुट पाउनेछन् । साथै एक्सचेन्ज वोनसवापत ५० हजार रुपैयाँसम्म र लोयल्टी वोनसमा २० हजार रुपैयाँसम्मको अतिरिक्त छुट समेत पाइने जनाइएको छ । यी छुटको अतिरिक्त सरल फाइनान्स, एक्सचेन्जमा तुरुन्त भ्यालुएसन, १ आर्थिक वर्षको रोड ट्याक्स निःशुल्क र २ वर्षसम्म गाडीको सर्भिसिङ गराउँदा लेवर चार्ज नलाग्ने व्यवस्था रहेको छ ।

चार पांग्रे गाडीमा मात्र नभई दशै तथा तिहारको अफर दुई पांग्रे गाडीहरुले पनि अफर सार्वजनिक हुन थालेका छन् । दुई पांग्रे गाडीहरुमध्ये सबैभन्दा पहिले हिरोले दसैं स्किम अफर सार्वजनिक गरेको छ । नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले ‘आहा दशैें’ अफर ल्याएको हो । चाडपर्वको उमङ्ग, हिरो चढी दङ्ग ट्यागलाइनका साथ उपलब्ध सो अफरमा हिरोका कुनै पनि मोटरसाइकल वा स्कुटर खरीद गर्दा ७ हजार ५ सय रुपैयाँ पक्का डिस्काउन्ट उपलब्ध छुट हुनेछ । 

यसरी मोटरसाइकल वा स्कुटर किन्दा हरेक स्क्र्याचमा १ लाख रुपैयाँसम्म छुट हुनेछ भने बम्परमा १ लाख रुपैयाँ पुरस्कार पाइने छ ।
त्यस्तै, कोमाकी इलेक्ट्रीकले आउँदै गरेको दशैंलगायतका चाडपर्वलाई ध्यानमा राखेर २५ हजारसम्म नगद छुट दिने ग्राहक लक्षित स्कीम सार्वजनिक गरेको छ । कोमाकी इलेक्ट्रीकको नेपालका लागि आधिकारीक विक्रेता कम्पनी यूनिटी ट्रेडिङले दशैं, तिहार र छठ पर्वलाई लक्षित स्कीम ल्याएको हो ।

कम्पनीले ल्याएको स्कीममा ग्राहकले नगद छुट, एक्सचेन्ज सुविधा, निःशुल्क विभिन्न एशोसरिज तथा लक्की ड्रमार्फत इलेक्ट्रीक साइकल जित्न सक्ने स्कीम दिएको हो । कम्पनीले कोमाकीका विभिन्न मोडल अनुसार नगद छुट दिने ब्यवस्था गरेको छ ।

कोमाकी एलवाई स्कुटरमा १२ हजार नगद छुट, कोमाकी डी ३००० र एसई स्पोर्टसमा १५ हजार नगद छुट दिने जनाएको छ । त्यसैगरी, कोमाकी रेन्जर मोटरसाइकलमा भने २५ हजार नगद छुट दिने कम्पनीले जनाएको छ । एक्सचेन्ज मार्फत कोमाकी मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले १५ हजार थप मूल्याङकनका साथै पुराना मोटरसाइकल तथा स्कुटरको न्यूनतम मूल्याङन २५ हजार दिने कम्पनीले जनाएको छ । 

त्यस्तै हरेक स्कुटर तथा मोटरसाइकलको खरीदमा हेलमेट, मोटरसाइकल तथा स्कुटर कभर, लक्की ड्रमार्फत एकजना ग्राहकले आइफोन १४ प्रो र दुईजना ग्राहकले इलेक्ट्रीक साइकल जित्न सक्नेछन् । यो योजना नेपालभर रहेको कोमाकीको शोरुमाहरुमा उपलब्ध हुनेछ । यस योजनामा ग्राहकले कार्तिक १५ गतेसम्म सहभागी हुन पाउने छन् ।

फोर्स मोटर्सको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.ले पनि दशै तिहार तथा छठको अवसर पारेर अफर सार्वजनिक गरेको छ । कम्पनीले जसअन्तर्गत आकर्षक नगद छुट, वासिङ्ग मेसिन, स्मार्ट टीभी., स्मार्ट फोन लगायतका उपहारहरुको वर्षा ल्याएको हो । उक्त अफर आगामी छठ पर्व अर्थात २०७९ कार्तिक १३ गतेसम्म लागु हुनेछ । 

ओम मोटोकर्प कम्पनीले टारो मोटरसाइकल तथा स्कुटरमा दशैं अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘४ को चमत्कार, बाइक पनि बचत पनि’ अफर सार्वजनिक गरेको हो । उक्त अफरमा ग्राहकले टारो ब्राण्डका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ३० हजार रुपैयाँसम्म नगद छुट तथा विभिन्न बम्पर पुरस्कार हात पार्न सक्नेछन् ।

ओम मोटोकर्पले विक्री गर्ने मोटरसाइकल जीपी२ २ हजार, जीपी१ २ हजार ५० र जीपी१ ४ सयमा नगद ३० हजार रुपैयाँ छुट तथा स्कुटर इमोला १५० मा १५ हजार नगद छुट दिने भएको हो । यसका साथै यो योजनामा सहभागी १ जना भाग्यशाली बिजेताले ५ वर्षको कर छुट पाउने छन् । त्यस्तै, यो योजनामा ग्राहकले टेष्ट राइड गरेर हात खाली नजाने पुरस्कार उपलब्ध गराउने भएको छ ।

इलेक्ट्रोनिक्स ब्राण्ड सीजीअन्तर्गतको सीजी स्मार्ट डोमेस्टिक एप्लाएन्सेसले ‘सीजीसँग यो पर्व, गरौँ गर्व’ नामक योजना ल्याएको छ । योजना अन्तर्गत कम्पनीले विभिन्न बम्पर तथा साप्ताहिक उपहारहरु ल्याएको छ । यस योजनाअन्तर्गत कम्पनीले रु. ४६,००० सम्मको आकर्षक क्यासब्याकका साथै विभिन्न पक्का उपहारहरु जित्ने अवसर प्रदान गर्ने भएको छ । 

कम्पनीका अनुसार ग्राहकवर्गहरुले सी.जी. ब्राण्ड साथै सी.जी. ब्राण्ड अन्तर्गतको सी.जी. मेरिडिया सिग्नेचर सिरिजका प्रोडक्टहरु घर ल्याई गर्वका साथ नेपालको आफ्नै गुणस्तरीय ब्राण्ड प्रयोग गर्न सक्नेछन् भने आकर्षक क्यासब्याक तथा उपहारहरुको आनन्द लिई पर्वलाई महापर्व बनाउन सक्नेछन् । यसका साथै, ग्राहकहरुले सी.जी. ब्राण्डका सिंगल डोर रेफ्रिजरेटर, चेस्ट फ्रिजर, स्पिकर, कुलर तथा भ्याकुम क्लिनरको खरिदमा आकर्षक क्यासब्याकहरु पाउन सकिनेछ । 

साथै, सीजीका ४३ सम्मका टेलिभिजनहरुको खरिदमा आकर्षक क्यासब्याक तथा ५० भन्दा माथिका टेलिभिजनहरुमा २.१ स्पिकर उपहार पाउन सक्ने कम्पनीले जनाएको छ । सी.जी. डबल डोर रेफ्रिजरेटरको खरीदमा फ्राइ प्यान, मल्टी डोर रेफ्रिजरेटरमा मेरिडिया भ्याकुम क्लिनर, माइक्रोवेभको खरीदमा एल.जी. कुकिङ्ग किट, फ्रन्ट लोड वाशिङ्ग मेशिनको खरीदमा ६ के.जी. एरियल, सेमी तथा टप लोड वाशिङ्ग मेशिनको खरीदमा २ के.जी. एरियल, डिश वाशरको खरिदमा २ प्याकेट डिश वाश प्याकेट तथा ए.सी. को खरिदमा निःशुल्क जडानजस्ता पक्का उपहारहरु पाउनेछन् । 

यो आकर्षक योजना कम्पनीले भदौ ११ देखि देशभरमा सिमित अवधिका लागि लागू गरेको छ ।

होण्डा टू व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले “होण्डाको दशैंको शुभ लाभ” नामक आकर्षक योजना ल्याएको छ ।
यस योजना अन्तर्गत ग्राहकहरूले स्क्र्याच कुपनमार्फत रु.७ लाख सम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरुका साथै ७ प्रदेशबाट एकएक जना गरी ७ जनाले ७ लाख र बम्परमा लक्की ड्र मार्फत जित्नसक्ने कम्पनीले जनाएको छ । 

यस योजनामा १५ लाख नगद उपहार र त्यसको साथमा इजी फाइन्यान्सको पनि सुविधा रहेको छ । यो योजना भाद्र २० गतेदेखि सुरु भई सीमित अवधिसम्म लागू हुनेछ । 

केटीएम इन्टरनेशनल ट्रेडिङले दशैं, तिहार र छठको अवसरमा दशैं फिएस्टा अफर ल्याएको छ । उक्त अफर बेनेलीका सबै मोटरसाइकल तथा स्कुटरमा लागू हुने कम्पनीले जनाएको छ । यस अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले, किन्दा र किने पछि गरी तीन पटक सम्म छुट र विभिन्न अफर प्राप्त गर्न सकिने छ । पहिलो ई–डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले नै घरैबाट समेत क्युआर कोड स्क्यान गर्न सकिन्छ ।

मोटरसाइकल किन्न चाहने वा नचाहनेले समेत क्युआर कोड स्क्यान गर्न सक्छन्। बेनेलीको सोरुममै पुगेर पनि स्क्यान गर्न सकिन्छ। यसरी स्क्यान गर्दा १ लाख रुपैयाँ सम्म जित्ने अवसर प्राप्त हुनेछ । त्यसैगरी मोटरसाइकल किन्ने निश्चित भइसकेपछि वाक इन डिस्काउन्ट अफर प्राप्त हुनेछ । ग्राहकलाई स्क्र्याच कार्ड प्रदान गरिने छ र सो कार्डबाट समेत १ लाख रुपैयाँसम्म जित्न सकिने छ । मोटरसाइकल किनिसकेपछि ग्राहकलाई ५ हजार रुपैयाँ सम्मको अमेजिब हेल्मेट र अन्य विभिन्न गिफ्ट प्रदान गरिने व्यवस्था त्यस अफर अन्तर्गत रहेको छ ।

त्यसैगरी, ग्रेट वाल मोटर (जीडब्लूएम) गाडीको नेपालका लागि आधिकारिक विक्रेता भीजी इम्पेक्सले दसैँ, तिहार र छठको अवसरमा आकर्षक छुटसहितको ‘ग्रेट डिल्स, ग्रेट च्वाइसेस’ नामक अफर सार्वजनिक गरेको छ ।  जीडब्लूएम गाडीको खरिदमा कम्पनीले छुट, एक वर्षको कम्प्रिहेन्सिभ बिमा, एक वर्षको फ्री मेन्टेनेन्स प्याकेजजस्ता अफर ल्याएको छ । यो योजना ग्रेट वाल मोटरका सबै प्रकारका गाडीहरु हाभल एच् सिक्स, हाभल जोलायन, पावर र विङ्गल ५ मा उपलब्ध छ ।

जीडब्लूएमका कुनै पनि गाडी किन्दा तुरुन्तै आकर्षक नगद छुट पाउन सकिने भीजी इम्पेक्सले जनाएको छ । यस योजना अन्तर्गत एक वर्षको कम्प्रिहेन्सिभ बीमा उपलब्ध हुनेछ । साथै एक वर्षसम्म फ्री मेन्टेनेन्स रहने छ । यसअन्तर्गत एक वर्षको नियमित मर्मतसम्भार खर्च र उपभोग्य वस्तुहरु समावेश छन् । साथै लोएल्टी बोनसको रुपमा ग्राहक स्वयम् वा आफ्नो परिवारसँग कसैको पहिले नै जीडब्लुएमका कुनै पनि गाडी भएमा अतिरिक्त छुट पाउनेछन् । ग्राहकले निःशुल्क एसेसरिजसहित ५ वर्षको वारेन्टी सुविधा पाउनुका साथै स्पट भ्यालुएसन तथा एक्सचेन्जको अवसर पाउनुका साथै प्याकेजमा ३ वर्षको निःशुल्क सर्भिस समेत उपलब्ध हुनेछ । 
 

Logo