सेयर बजारको ओरालो यात्रा कायमै, ८३ करोडको कारोबार

सेयर बजारको ओरालो यात्रा कायमै, ८३ करोडको कारोबार


कारोबार हुने साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सेञ्जका अनुसार आइतबार ११ दशमलव ४७ अंकले घटेको बजार सोमबार १३ दशमलव ५९अंकले घटेर १ हजार ९१२ दशमलव ६९ विन्दुमा बन्द भएको हो । 

सोमबार २२५ वटा धितोपत्रको २६ लाख १३ हजार कित्ता सेयर ८३ करोड १६ लाख ३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । 
 
सोमबार १३ वटा समूहमध्ये म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव १२ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचकमा गिरावट आएको छ । यूनाईटेड इदी मर्दी आरवी हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ४दशमलव १७ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा नविल बैंकको सबैभन्दा बढि ४ करोड ७ लाख भन्दा बढिको सेयर कारोबार भयो ।

Logo