चिनियाँ नेता ली र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

चिनियाँ नेता ली र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


नेपाल भ्रमणमा रहेका चिनिया जनकंग्रेसका अध्यक्ष ली चाङ्सु र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा आज बिहान भेटवार्ता भएको हो । भेटमा नेकपा एमालेका तर्फबाट सुवासचन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, राजन भट्टराई, विष्णु रिमाललगायत नेताको सहभागी थिए । लिले आजै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई त्यही भेट गर्नेछन् । 

त्यसपछि लि होटल सोल्टी फर्किने र आजै परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ । सोमबारदेखि ३ दिने नेपाल भ्रमणमा रहेका लीले आजै बिहान राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग भेटवार्ता गरेका थिए । राष्ट्रपति विद्यादेवि भण्डारीसँग लि ले भोलि भेट गर्नेछन्। 

Skip This
Logo