टिभिएसको ‘कायापलट’ योजनामा ग्राहकहरूले जिते लाखौँको नगद उपहार

टिभिएसको ‘कायापलट’ योजनामा ग्राहकहरूले जिते लाखौँको नगद उपहार


टिभिएसको ‘कायापलट’ योजनामा ग्राहकहरूले लाखौँको नगद उपहार जितेका छन् । 

नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ नामको विशेष योजना सार्वजनिक गरेको आठौँ दिन धापासी निवासी भुजेन्द्र सरु मगरले बौद्ध टुसालको अटो साउन्ड ट्रेडर्स प्रालि बाट एन्टर्क १२५ रि एफआइ स्कुटर खरिद गर्दा १०० % क्यासब्याक पाउन सफल भएका छन् । 

स्याङ्जा, मनकामना वडा नं ०१ निवासी, ईम बहादुर गुरुङले बुटवलको बालाजी अटो मोबाईल्सबाट एन्टर्क १२५ एफआइ स्कुटर नकिन्दै रु ४,००० र किनेपछि रु एक लाख गरी रु १,०४,००० हात पार्दै भाग्यको कायापलट गरेका छन् । साथै ललितपुर निवासी, असनकुमार राईले बालकुमारीको न्याब इन्जिनियरिङबाट एन्टर्क १२५ एफआइ स्कुटर नकिन्दै रु २५,००० र किनेपछि रु एक हजार गरी रु२६,००० हात पार्न सफल भएका छन् । योजनाबारे सोधपुछ गर्ने ८ जना ग्राहकहरुले रियलमी सी ३०  स्मार्ट फोन जितेका छन् । 

कम्पनीका अनुसार यो योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटक सम्म आकर्षक उपहार प्राप्त गर्न सक्छन् । “कायापलट“ योजना अन्तर्गत नकिन्दै एक लाख र खरिद गरेपछि दस लाख सम्म जित्ने मौका रहेको छ । हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई  रियलमी सी ३०  स्मार्ट फोन प्रदान गरिन्छ । साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार रु.५० लाखको नगद पुरस्कार दिइने छ ।  

यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जस अन्तर्गत २०% डाउन पेमेन्ट वा रु ४,२०० को मासिक  ईएमआइमा बाइक तथा स्कुटर किन्न सकिनेछ । यो योजना देशभर सीमित अवधिको लागि उपलब्ध हुनेछ र विजेताहरूको घोषणा प्रत्येक मंगलबार लक्की ड्र मार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण हुँदै आएको छ ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएसका दुई पाङ्ग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मन मस्तिष्कमा उच्च स्थान जमाउन सफल छ । गुणस्तरीय उत्पादनहरू, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरूको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्रान्डका रूपमा स्थापित छ । 

Logo