परमादेशको सरकार भन्नुहुन्छ, यही परमादेशले संसदमा भेट गरायाे -प्रधानमन्त्री देउवा

परमादेशको सरकार भन्नुहुन्छ, यही परमादेशले संसदमा भेट गरायाे -प्रधानमन्त्री देउवा


प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दलका नेताहरूले आफू नेतृत्वको सरकारलाई परमादेशको सरकार भन्ने गरेको र यही परमादेशले आज संसदमा उनीहरूसँग भेट गराएको बताएका छन् । 

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले परमादेशको सरकार भने पनि यसै निकै राम्रो काम गरेको र धेरै कानुन निर्माण गरेको बताए । ‘हाम्रो प्रतिपक्षी दलको नेताले परमादेशको सरकार भन्नुहुन्छ, यो संसद नै परमादेशबाट आएको हो, जहाँ उहाँ र हामी सँगै काम गर्न पाइरहेका छौं,’उनले भने,  ‘परमादेश नभएको भए उहाँ र हामी सँगसँगै बसेर काम गर्न पाउँदैनथ्यौ । धेरै ठुला ठुला विधेयकहरु पास गर्न सकिदैनथ्यो । परमादेशले हामीलाई भेट गर्ने मौका दिएको छ । यसको लागि न्यायालयले पनि न्याय गरेको मैले महशुस गरेको छु ।’

प्रधानमन्त्री देउवाले वर्तमान गठबन्धन सरकारले नागरिकता लगायतका धेरै विधेयक पारित गर्न सफल भएको बताए । उनले सरकारले बहुपक्षिय तथा द्धिपक्षिय परराष्ट्र सम्बन्धमा पनि सुधार गरेको उल्लेख गर्नुभयो । उहाँले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न निर्वाचन आयोगलाई सरकारको पूर्ण समर्थन हुने पनि बताए । उनले भने- ‘आउँदो मंसिर ४ गते सम्पन्न गर्नेगरी घोषणा भएको संघ, प्रदेश सभा सदस्यहरुको निर्वाचन निष्पक्ष, शान्तिपूर्ण रुपमा सम्पन्न गराउने निर्वाचन आयोगको कामलाई सरकारले पुरापुरा उहाँहरुलाई निष्पक्ष चुनाव गराउन सहयोग गर्ने विश्वास पनि दिलाउन चाहान्छु । निर्वाचन आयोगलाई सरकारको तर्फबाट पूर्ण सहयोग हुने नै छ ।’

उनले वर्षाका कारण आएका बाढी पहिरोबाट भएका क्षतिमा सरकारले उचित क्षतिपुर्ति दिने घोषणा पनि गरे ।  यस्तै, गए राति अछाममा भएको बाढी पहिरोको क्षतिमाथि सरकारले राहत घोषणा गर्ने बताए । 

सोही अवसरमा प्रधानमन्त्री देउवाले आगामी दसैं, तिहार र नेपाल सम्बतको सुभकामना पनि दिए ।

Logo