नेकपा (एकीकृत समाजवादी) ले तीनवटै सरकारलाई बाढीपहिरो प्रभावितको सहयोग र उद्दारमा जुट्न अपिल गरेको छ।
पार्टीका विपद् व्यवस्थापन विभागका प्रमुख डा. गंगालाल तुलाधरले आइतबार एक विज्ञप्ती जारी गर्दै बाढीपहिरो र डुवानबाट प्रभावितको तत्काल मानवीय सहयोग र उद्दार कार्यमा सहयोग पुर्याउनका लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारलाई अपिल गरेका हु्न्।
एकीकृत समाजवादीले पहिरो प्रभावितहरूको राहत र उद्दारमा जुट्न पार्टीका नेता कार्यकर्तालाई आव्हान गरेको छ। यसका साथै पार्टीले मानवीय सहायताको क्षेत्रमा काम गर्ने सबै संघ संस्थाहरूलाई विशेष प्राथमिकताका साथ सहयोग गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया