सुजुकीले ल्यायो ‘पर्वोत्सव’ ग्राहक योजना

सुजुकीले ल्यायो ‘पर्वोत्सव’ ग्राहक योजना


नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नजिकिरहेको  दसैं-तिहारलाई लक्षित गर्दै आकर्षक ग्राहक योजना सार्वजनिक गरेको छ । 

‘सुजुकी पर्वोत्सव अफर’ नामक यस योजनाअन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ बराबरको नगद छुट, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्डमार्फत एक लाख पचास हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउने कम्पनीले जनाएको छ । यो योजना समित अवधिका लागी नेपालभर रहेका सुजुकी गाडीका४२ वटै सोरूमहरुमा लागू हुनेछ । 

सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन । सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्,इग्निस्, स्विफ्ठ, बलेनो, डिजाएर, सिआज्,ब्रेज्जा,एस्क्रस्, एर्टिगा, एक्स्एलसिक्स्,इको,इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु विक्री बितरण गर्दै आएको छ ।  

Logo