आशा लघुवित्तको बुधबारदेखि संस्थापक सेयर लिलामीमा आउने

आशा लघुवित्तको बुधबारदेखि संस्थापक सेयर लिलामीमा आउने


आशा लघुवित्त वित्तीय संस्थाले बुधबारदेखि ५१ हजार ९९० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याउने भएको छ । 

कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३९५ रुपैयाँ तोकेको छ । प्रतिकित्ता ३९५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्न सकिनेछ ।

यसमा इच्छुक योग्य व्यक्तिले असोज १३ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम ६ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ ।

Skip This
Logo