राजा फिरऊनको ३३०० वर्ष पुरानो चिहान देखेर पुरातत्वविद् छक्क

राजा फिरऊनको ३३०० वर्ष पुरानो चिहान देखेर पुरातत्वविद् छक्क


इजरायली पुरातत्वविद्हरूको टोलीले इजिप्टको फारो द्वितीयको चिहान फेला पारेको छन् । 

जसलाई इजरायली पुरातत्वविद्हरू इजिप्टको फारो द्वितीयको हो भनी विश्वास गरेका छन् । इजरायल पुरातात्विक प्राधिकरण (आईएए) सो चिहानसँगै माटाबाट बनेका भाँडाका टुक्रा र फारोहरूको समयका प्रयोग हुने केही कांस्य कलाकृतिहरू पनि फेला पारेका छन् । अनुसन्धानकै क्रममा पुरातत्वविद्हरूले थाहा पाए कि यो वास्तवमा इजिप्टको राजाकै सामान र चिहान हो । जसले १२१३ ईसा पूर्वमा शासन गर्यो ।
प्लामहिम राष्ट्रिय निकुञ्जको छतमा मेकानिकले काम गरिरहेको बेला यो गुफा फेला परेको हो । यसपछि पुरातत्वविदहरूले सीढीको सहायताले यसको परीक्षण गरे र त्यसपछि उनीहरूले वर्गाकारको गुफा फेला पारे । यी भाँडाहरू विभिन्न आकार र प्रकारका छन् । अनुसन्धान टोलीले रातो रङ लगाएका केही कचौरा पनि फेला पारेको छन । जसमा केही हड्डीहरू पनि छन् ।

यसबाहेक गुफामा कप, खाना पकाउने भाँडा, सामग्री भण्डारण गर्ने भाँडा, बत्ती र काँसाका तीर वा भालाहरू पनि भेटिएका छन् । यो सबै मृतकको अन्तिम यात्रामा जानका लागि गाडिएको सामान भएको बताइएको छ । यी लगभग ३ हजार ३ वर्ष पहिले राखिएको थियो र कसैले नछोएको अध्ययनकर्ताहरु बताउछन् । 

Logo