विहीबार ४० अर्बको ट्रेजरी बिल बोलकबोल हुँदै

विहीबार ४० अर्बको ट्रेजरी बिल बोलकबोल हुँदै


नेपाल राष्ट्र बैंकले विहीबार ४० अर्बको ट्रेजरी बिल सोझै खरिद बोलकबोल गर्ने भएको छ । 

केन्द्रीय बैंकले नेपाल सरकारको ट्रेजरी बिल्स बापतको उक्त बिल बिहीबार सोझै बोलकबोल गर्ने भएको हो । शुक्रबार बिक्री हुने बिलका लागि बिहीबार दिउँसो ३ बजे बोलकबोल हुने बैंकले जनाएको छ ।

आपसी प्रतिस्पर्धात्मक प्रणालीबाट जारी हुने बिलका लागि कटअफ रेटका आधारमा ब्याजदर प्रदान गरिने समेत बैंकले जनाएको छ ।

इच्छुक लगानीकर्ता, बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम ५ करोडदेखि अधिकतम ५ करोडले भाग गर्दा निःशेष भाग जाने अंक सम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन भने राष्ट्र बैंकको आधिकारिक वेवसाइट मार्फत गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

Logo