आफूखुसी ब्याजदर बढाउने सहकारीलाई कारबाहीको चेतावनी

आफूखुसी ब्याजदर बढाउने सहकारीलाई कारबाहीको चेतावनी


सहकारी विभागले आफूखुसी ब्याजदर बढाउने सहकारीलाई तत्काल कारबाही गर्ने चेतावनी दिएको छ। 
बुधबार सहकारी पत्रकार समाज (सीजेएन)ले आयोजना गरेको छलफल कार्यक्रममा विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले आफूखुसी मनपरि ब्याजदर बढाउने सहकारीलाई तत्काल कारबाही गर्ने चेतावनी दिएका हुन् ।

विभाग ऐनको प्रावधानमै रहेर काम गर्ने भएकोले अहिले सन्दर्भ ब्याजदर बढाउने अवस्थामा नरहेको स्पष्ट पार्दै आफूखुसी ब्याजदर बढाउने सहकारी संस्थालाई कारबाही गरिने बताएका हुन्। 

उनले सबैको हितमा राज्य चल्नुपर्ने भए पनि कमजोर वर्गलाई भने बढी प्राथमिकता दिनु पर्ने धारणा राखे। कमजोर वर्गको हित हुने भए सन्दर्भ ब्याजदर २० प्रतिशत बनाउन पनि कुनै आपत्ति नहुने बताए। त्यस्तै उनले विभाग सहकारी संस्थाको संख्या घटाउनतर्फ लागेको बताए। 

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले सहकारीले सन्दर्भ ब्याजदरको सीमा नाघेरै कर्जा प्रवाह गरेको बताइन्।

Logo