सिक्लेस हाइड्रोपावरले आईपिओ प्रि-अलटमेन्ट शुक्रबार गर्ने

सिक्लेस हाइड्रोपावरले आईपिओ प्रि-अलटमेन्ट शुक्रबार गर्ने


सिक्लेस हाइड्रोपावरले निष्कासन गरेको आईपिओ प्रि–अलटमेन्ट शुक्रबार हुने भएको छ। 

कम्पनीले प्रि–अलटमेन्ट गरेसँगै अर्को साता बाँडफाँड गर्ने तयारी गरेको छ।कम्पनीको बिक्री प्रबन्धकका अनुसार बिओके क्यापिटलले आगामी मंगलबार बिहान ९ बजे सेयर बाँडफाँड गर्ने तयारी गरेको छ । 

कम्पनीको आइपीओमा १६ गुणा बढीले आवेदन परिसकेको छ । सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओमा १५ लाख ३८ हजार ३ सय ८३ जना आवेदकबाट एक करोड ७२ लाख ४४ हजार ३ सय ८० कित्ताका लागि आवेदन परेको हो ।

कम्पनीले कुल कित्तामध्ये १० लाख ५८ हजार कित्ताको लागि सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

Logo