पेट्रोलियम पदार्थ विस्थापित गर्न सके ३ खर्ब जोगिन्छः अर्थमन्त्री शर्मा

पेट्रोलियम पदार्थ विस्थापित गर्न सके ३ खर्ब जोगिन्छः अर्थमन्त्री शर्मा


अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थ विस्थापित गर्न सके ३ खर्ब  रुपैयाँ जोगिन सक्ने बताएका छन् । बिहीबार (आज)देखि भृकुटीमण्डपमा सुरु भएको नाडा ईभी एक्स्पोमा बोल्दै उनले ३ खर्ब  जागिन सक्ने बताएका हुन् । 

मन्त्री  शर्माले भने, ‘पेट्रोलियम पदार्थको आयात प्रतिस्थापनमार्फत ३ खर्बको आयात घटाउन सकियो भने मात्रै हामी कति अगाडि बढ्दा रहेछौं । विद्युतीय गाडीहरुका लागि अझै पनि चार्जिङ स्टेशनहरु छैनन् । यस्ता स्टेशनहरु निजी क्षेत्रले बनाउनुपर्यो ।’

शर्माले अहिले ५० वटा यस्ता स्टेशनहरु बनिरहेको र यसले नपुग्ने भएकाले निजी क्षेत्रले अनुमति लिएर बनाउन सल्लाह दिएका छन् । बैंकमा पैसा राखेर १२–१३ प्रतिशत ब्याज आउने अवस्था हटाउन छलफल सुरु भइसकेको बताउँदै उनले यसलाई निष्कर्षमा पुर्याउन अर्थ सचिवलाई निर्देशन दिइसकेको समेत बताए । 

अटोमोवाइल व्यवसायीहरुको संस्था नाडा अटोमोवाइल एशोसियशनले पहिलो पटक विद्युतीय गाडीहरुको मेला आयोजना गरेको हो । 
 

Logo